सत्तारुढ दलकै नेताबाट सरकारविरुद्ध आक्रोश बढेपछि देउवा र ओलीले गरे छलफल



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

सरकारको काम कारबाहीलाई लिएर कांग्रेसका नेताहरुले प्रश्न उठाउन थालेपछि दुई नेताबीच मंगलबार भेटवार्ता भएको हो ।

दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार एक घण्टा वार्ता भएको हो । दुई नेताबीच सरकारको कामका विषयमा छलफल भएको बताइएको छ । केही दिनअघि माओवादी अध्यक्ष प्रचण्डले सरकार परिवर्तन हुने बताएका थिए ।

त्यस्तै कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सरकारको कार्यशैलीलाई लिएर आलोचना गरिरहेका छन् । कांग्रेस महामन्त्री थापाले त सरकारको गति ट्याक्टरको गतिमा भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले विचौलियाहरु प्रधानमन्त्रीको बेडरुमसम्म पुग्ने गरेको बताएका छन् ।

अर्का महामन्त्री शर्माले सरकारका प्राथामिकता छोडेर प्रधानमन्त्री सडकतिर व्यस्त हुनु उचित नभएको बताउँदै आएका छन् ।

शनिबार नेपालगंजमा आयोजित कार्यक्रममा शमाले भनेका थिए, ‘प्रधानमन्त्रीले सडकको प्रदर्शनमा होइन, सरकारको प्रदर्शनमा ध्यानकेन्द्रित गर्न जरुरी छ । आज दिनभर प्रधानमन्त्रीज्यूको समय शिक्षक आन्दोलनको हल खोज्न केन्द्रित हुनुपथ्र्यो । तर, प्रधानमन्त्रीज्यू त्यतातिर होइन सडकतिर लाग्नु भो ।’

त्यस्तै कांग्रेस नेता डा. शेखर कोइरालाले पनि सरकारले सुशासन नदिएको भन्दै सरकारको आलोचना गर्दै आएका छन् । दुई नेताबीचको भेटमा यिनी असन्तुष्टिकाबारेमा कुराकानी भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पूर्वाधार निर्माणमा माओवादी केन्द्रको उच्च प्राथमिकता : प्रचण्ड

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वाधार निर्माणमा

निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ, किन चाहियो यतिधेरै सांसद ?

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले वर्तमान शासन व्यवस्थालाई कम खर्चिलो

एमाले धनुषामा भोला यादव नेतृत्वको समूह विजयी

धनुषा, । नेपाल कम्युनिष्ट पार्टी एमाले धनुषा जिल्ला कमिटीको आठौँ अधिवेशनले भोला यादव

अध्यागमन नै मानव तस्करीमा संलग्न ! कुन देशले गर्ला हामीलाई विश्वास ?

-नारायण गाउँले । कुनै देश यति निर्दयी पनि बन्न सक्छ र ? नेपाली