आन्दोलनरत शिक्षकका माग सम्बोधनका लागि कांग्रेस महामन्त्री गगन र विश्वप्रकाश सक्रिय



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आन्दोलनरत शिक्षकका मागकाबारेमा छलफल गरेका छन् ।

महामन्त्रीद्वय थापा र शर्माले पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार साँझ शिक्षक महासंघका पदाधिकारीसँग छलफल गरेका हुन् । छलफलमा शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, महामन्त्री तुलाबहादुर थापा लगायत सहभागी थिए ।

छलफलमा सरकारले मन्त्रिपरिषदको निर्णयबाट गर्न सकिने निर्णय तत्काल गर्ने र शिक्षा ऐन जारी गर्नका लागि संसदीय समितिबाट छिटो विधेयक पास गरेर संसदमा पठाउने विषयमा छलफल भएको बताइएको छ । गत चैत २० देखि शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

सरकारसँग यसअघि भएका सहमति कार्यान्वयन गराउन भन्दै उनीहरूले निर्णायक दबाबका लागि आन्दोलन गरिरहेका हुन् ।

महामन्त्री थापा र शर्माले प्रधानमन्त्रीलाई सडकमा भाषण गरेर हिँड्नु भन्दा शिक्षकहरुसँग वार्ता गर्न सुझाव दिँदै आएका छन् । तर प्रधानमन्त्रीले शिक्षकका मागमा त्यति चासो नदेखाएको देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ताप्लेजुङमा विद्युतीय तारमा अल्झिएर बोलेरो दुर्घटना भएको घटना छानबिन गर्न छानबिन समिति गठन

काठमाडौँ  । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ताप्लेजुङमा विद्युतीय तारमा अल्झिएर बोलेरो

शिक्षा मन्त्रालयले शिक्षकहरुलाई फेरि बोलायो वार्तामा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरुलाई फेरि वार्तामा बोलाएको छ

एनआरएनएको विवाद सर्वपक्षीय छलफल गरेर समाधान गर्न पहल गछौँः महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गैरआवासीय नेपाली संघमा पछिल्लो समय देखापरेको

१४ महिनापछि राजीनामा गर्छुः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १४ महिनापछि राजीनामा दिने बताएका छन् ।