विद्यालय शिक्षा विधेयक छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध छः प्रधानमन्त्री ओली



काठमाडौं । शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान सुरू भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने आदर्श वाक्यकासाथ शैक्षिक सत्र २०८२ को विद्यार्थी भर्ना अभियान सुरू भएको हो ।

अभियान सफल पार्न प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाहरूलाई आग्रह गरेका छन् । प्रधानमन्त्रीले अहिले आधारभूत तहको खुद भर्नादरमा सुधार आएको देखिए पनि विद्यार्थीको टिकाउ दर बढाउन हामीले अझै मेहनत गर्नुपर्ने देखिएको भन्दै यसमा थप सुधार गर्न शिक्षालाई स्वरोजगारका अवसर सिर्जना गर्नुपर्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘अझै पनि नेपालमा निरपेक्ष गरिबीको रेखामुनी रहेको जनसङ्ख्या करिब २० प्रतिशत रहेको छ । यो हाम्रा निम्ति दुःखको कुरा हो । गरिबीलाई न्यूनीकरण नगरी हामी हाम्रो राष्ट्रिय लक्ष्यमा पुग्न सक्दैनौं । गरिबीलाई हटाउने पहिलो सर्त शिक्षा हो । हामीले हाम्रा बालबालिकाहरूलाई अब पनि विद्यालय बाहिर राख्न सक्दैनौँ । अहिले आधारभूत तहको खुद भर्नादरमा सुधार आएको देखिए पनि विद्यार्थीको टिकाउ दर बढाउन हामीले अझै मेहनत गर्नुपर्ने देखिएको छ ।’

प्रधानमन्त्रीले शिक्षा क्षेत्रमा बजेटको अंश वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक, २०८१ लाई छलफल सहित पारित गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिक्षा मन्त्रीको राजीनामापछि शिक्षक आन्दोलनप्रति सरकारको संवेदनशीलता घट्दै गएको पुष्टि भयोः माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार आन्दोलनरत पक्षका माग सम्बोधन गर्नुको सट्टा उल्टो

आतंकवादी आक्रमणमा मृत्यु भएका सुदीपको बुटवल ल्याइयो शव

बुटवल । भारतको काश्मिरमा मङ्गलबार भएको आतंकवादी आक्रमणमा मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको

एलन मस्क नेतृत्वको डज विभागद्वारा एमसीसी परियोजना बन्द गर्ने निर्णय

काठमाडौं । अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) बन्द हुने भएको छ

मन्त्रीको राजीनामाबारे थाहा नपाउने सरकारका प्रवक्ता !

काठमाडौं ।  यी मन्त्री पनि रमिता नै रहेछन् ! कुलमानलाई हटाएर बाहिर निस्केपछि