ओली सरकार धेरै अगाडि जाँदैनः अध्यक्ष प्रचण्ड
गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले वर्तमान सरकार धेरै अगाडिसम्म नजाने परिस्थिति सिर्जना भएको बताएका छन् ।
चितवनको भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले आफूहरुको ध्यान सरकारतिर नगएपनि परिस्थितिले सरकार लामो नजाने बताए ।
शिक्षक, डाक्टर, नर्स र राजनीतिक दलहरु समेत वर्तमान सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिएको भन्दै अध्यक्ष प्रचण्डले परिस्थिति निकै गम्भीर र पेचिलो बनेको बताए ।
अध्यक्ष प्रचण्डले २०८२ सालमा राम्रो काम गर्नका २०८१ सालले आधार भने दिएको बताए । उनले नयाँ वर्षमा २०८२ सालमा जनता र राष्ट्रको आवश्यकता अनुसार अगाडि बढ्ने संकल्प गर्नुपर्ने बताए ।