त्रिविका उपकुलपतिसँग मेरो भिडन्त भयो भन्ने प्रचारमा कुनै सत्यता छैनः प्रधानमन्त्री ओली



रुपन्देही । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर रहेकाले शिक्षकहरूले आन्दोलन गरिरहनु नपर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) रुपन्देही जिल्ला कमिटीले शुक्रबार बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकारले सबै क्षेत्र र समुदायका समस्या र आवाजलाई सुन्ने भएकाले आन्दोलन गरिरहन नपर्ने बताए ।

‘समस्याहरू छन्, तर सडकमा गइरहनुपर्ने थिएन । शिक्षकहरूलाई म भन्न चाहन्छु, शिक्षा ऐन चाँडै आउँछ । तपाईँहरूले आफ्ना समस्या मात्र हैन, राष्ट्रको हित र आर्थिक अवस्थालाई पनि हेरेर विचार गर्नुपर्ने हुन्छ’, उनले भने ।

प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले अन्य माध्यमबाट पठाएको राजीनामा एकिन गरेर स्वीकृत गरेको जनाउँदै उपकुलपतिसँग आफ्नो भिडन्त भयो भन्ने खालका प्रचारमा कुनै सत्यता नभएको स्पष्ट गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पतञ्जली जग्गा प्रकरणको थप अनुसन्धान प्रक्रिया अघि बढाउन अख्तियारमा सिफारिस गर्ने लेखा समितिको निर्णय

काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले पतञ्जली जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन अख्तियार अनुसन्धान

मन्त्रीको विदेश भ्रमण स्वीकृतदेखि महासेनानीको पदावधि थप्ने लगायतका यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौँ । मन्त्रिपरिषद् बैठकका नौ वटा निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता

राजावादीहरुको कार्यक्रममा प्रतिबन्ध लगाउने सरकारसँग संवैधानिक हक छः सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सरकारले राजावादीहरूले संविधान विरोधी गतिविधि टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएको छ

पूर्व श्री ५ ले सार्वजनिक जीवनमा पुनरागमनका लागि किन ‘राजगद्दी’ मै बस्न पर्यो ?

-सुरेश आचार्य पूर्व श्री ५ ले ‘कुशासन र भ्रष्टाचार अन्त्यगरी देश बचाउन मलाई