यसैले भन्छु, पञ्चतन्त्र पढ्नुहोस्



-गणेश कार्की ।

पञ्चतन्त्रमा एउटा कथा छ । कुनै ठाउँमा एउटा पोखरी थियो । पोखरीको पानी बिस्तारै सुक्दै जान थाल्यो । जलचरहरूका लागि पोखरी सुक्दै जानुले सोच्न बाध्य बनाइरहेको थियो । अन्तबाट हिडेर, उडेर, घिस्रेर आउने जनावरहरू पनि पोखरी सुक्दैछ, सोच भन्थे ।

पोखरीमा भएका माछा, गंगटाहरू पनि अब के गर्ने भन्नेमा चिन्तित थिए । तर त्यहि छेउमा भएको एउटा बुढो र अल्छी बकुल्लोले भने त्यहाँ सम्भावना देख्यो । योजना बनायो । र एकदिन पोखरीको डिलमा गएर चिन्तित हुँदै भन्यो, ‘हेर, अब म बुढो भइसकेँ । अब मैले मासुमंश लगायतका तामसी खानेकुरा छोडिसकेँ । अरु बकुल्ला जस्तो म होइन । म पहिलेको आफै जस्तो पनि होइन । तिमीहरूको दुख देखेर मेरो मन भरिएर आयो । अब यसरी हुन्न, केही गर्नुपर्छ, समय आयो । मलाई साथ देउ ।’

पोखरीमा पानी सुक्दै गरेको र अब के गर्ने भन्ने बारेमा केही मेलोमेसो नपाएका माछाहरु केही उपाय निक्लिहाल्ला कि भनेर उसको कुरा सुन्न थाले । सबैले उसको कुरा सुन्न थालेको देखेपछि बकुल्लोले आँशु झार्दै झन् दुःखी स्वरमा कुरा अगाडि बढायो, ‘अब यो पोखरी सुक्छ । यो भन्दा पर अर्को साह्रै राम्रो पोखरी छ । तिमीहरु सबैको इच्छा र चाहना हुन्छ भने म नेतृत्व लिएर तिमीहरुलाई उडाएर अर्को पोखरीसम्म पुर्याउँछु तर बुढो भएकाले एकै पल्ट लान सक्दिनँ । एक पटकमा एकजना मात्रै लैजान्छु ।’माछाहरुले मानेँ ।

त्यसपछि माछाहरूलाई उसले लैजान थाल्यो । अन्तिमतिर गँगटोलाई पनि अर्को पोखरी पुर्याउँन भनेर लिएर उड्यो । गँगटोले माथिबाट ढुंगाभरि माछाका काँडाहरू देख्यो र कुरा बुझ्यो कि यसले अर्को पोखरी लानै भन्दै अलिक पर्तिर लगेर मारेर खाँदो रहेछ । गँगटोले सही मौकामा बकुल्लोको घाटीमा समायो । सास फेर्न नसकेर बकुल्लो मर्यो ।

पञ्चतन्त्रको कथा अनुसार हामी राजनीतिकरूपमा लोकतन्त्र नामको पोखरी सुक्दै गएको, फोहोर धेरै बढेर बस्नै नसक्ने अवस्थामा छौँ । हामीले यति बेला यो कसरी फोहोर भयो, कसरी सुक्दैछ र यसको विकल्प के हो भनेर छलफल र निर्णय गर्नु पर्ने हो । सफा गर्छौँ भनेर आएकाहरूले सफा गर्छन् भन्ने लाग्दैन भने त्यसमा पनि अर्को विकल्प खोज्नु पर्ने हो ।

सत्ताको सिन्डिकेट लगाएर पालैपालो सत्तामा बसेका, जतासुकै दलीय संक्रमणले कर्मचारीतन्त्र, अख्तियार, प्रशासन लगायत सबैलाई अलोकतान्त्रिक बनाएका, व्यक्तिकारूपमा कांग्रेस, एमाले र माओवादीको तथा पार्टीगतरूपमा देउवा, ओली र प्रचण्डको विकल्प सोच्नु पर्ने थियो । तर भइराछ के, कतिपयलाई अर्कै पोखरी लैजान्छु भन्ने बकुल्लोको बोली मधुर लागिरहेको छ । पञ्चतन्त्र त संस्कृत साहित्यको देन हो । हाम्रै माटोको उत्पादन । यसैले भन्छु, पञ्चतन्त्र पढ्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जनताको आवाज सुनिरहने तर कार्यान्वयन नगर्ने हो भने भ्रष्टाचार छैन भन्ने आधार हुँदैनः अध्यक्ष दाहाल(अन्तरवार्ता)

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा प्रबुद्ध वर्गको समूह भएकाले राजनीतिक, वैचारिक

शुक्रबार प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संसदमा सम्बोधन गर्ने भएका छन् ।

राष्ट्रको आवश्यकता र जनताको माग अनुसारका विकासमा जोड दिनुपर्छः उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले इञ्जिनीयरलाई राष्ट्रको आवश्यकता र

२०७२ को भूकम्पकपछि पुनःनिर्माण भएको बारपाक(फोटोफिचर)

विसं २०७२ को भूकम्पछि पुनःनिर्माण भएको गोरखाको उत्तरी भेगमा पर्ने वारपाक गाउँ ।