आन्दोलनरत शिक्षकहरुलाई शिक्षा मन्त्रालयले फेरि बोलायो वार्तामा



काठमाडौं । चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षकलाई सरकारले फेरि वार्तामा बोलाएको छ ।

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले मंगलबार विज्ञप्ति जारी गरी शिक्षकलाई वार्तामा बोलाएका हुन् । अहिलेसम्म औपचारिक रुपमा छलफल तथा परामर्श हुन नसकेको स्मरण गराउँदै उनले वार्तामा बस्न आह्वान गरेका हुन् ।

वार्ता र संवादका लागि राहत एवं अस्थायी शिक्षक, साविक उच्च माविका शिक्षक, बालविकास शिक्षक, विद्यालय कर्मचारी लगायतका सबै शिक्षक कर्मचारीको प्रतिनिधित्व हुने गरी उपस्थित हुनलाई मन्त्रालयले आमन्त्रण गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि पनि मन्त्रालयले शिक्षकहरुलाई वार्तामा बोलाएको थियो । तर उनीहरुले प्रधानमन्त्रीसँग मात्र वार्ता गर्ने भन्दै वार्तामा बस्न अस्वीकार गरेका थिए । शिक्षकहरुले हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित गर्न विभिन्न चरणका आन्दोलन गर्दै आएका थिए ।

तर चैत २० गते संसद अधिवेशन अन्त्य भएपछि उनीहरु काठमाडौं केन्द्रित सडक आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले आफ्ना माग पुरा नभएसम्म प्रदर्शन जारी राख्ने घोषणा गरेका छन् । गतवर्ष असोजमा सरकारसँग भएको लिखित सम्झौता अनुसार विधेयक पारित गर्नुपर्ने नेपाल शिक्षक महासंघको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अमेरिकाको सान डिएगोमा आवासीय क्षेत्रमा खस्यो विमान (फोटोफिचर)

काठमाडौं । अमेरिकाको सान डिएगोमा बिहीबार एउटा निजी विमान आवासीय क्षेत्रमा खसेर दुर्घटना

ढोरपाटनका मेयरसँग २० लाख धरौटी माग

गण्डकी । जिल्ला अदालत कास्कीले बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई धरौटीमा छोड्न

नेपाली जनतालाई सडकमै फैसला गर्न बाध्य नपार्न सरकारलाई राप्रपाको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाली जनताले सडकमै फैसला

आइएसआईका एजेन्ट भएको आरोपमा भारतमा एक नेपाली पक्राउ

काठमाडौं । पाकस्तानी खुफिया एजेन्सी आइएसआईका एजेन्ट भएको आरोपमा भारतमा एक नेपाली पक्राउ