वर्तमान सरकार नसुध्रिए बालुवाटार घेरेर भातपानी बन्द गरिदिने राजेन्द्र लिङ्देनको चेतावनी



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्र बनाउनका लागि आफूहरू विद्रोहको बाटो हिँड्न पनि तयार रहेको बताएका छन् ।

मंगलबार काठमाडौंको बल्खुमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सरकारले चाहे आफूहरू सल्लाह गरेरै विद्रोहको बाटो हिंड्न तयार रहेको बताएका हुन् ।

उनले आफूहरुले शान्तिपूर्ण ढंगले अघि बढ्च चाहिको, यदि सरकारले चाहन्छ भने सल्लाह गरेरे विद्रोहको बाटोमा जाने चेतावनी दिए ।

उनले भने, ‘हामी शान्तिपूर्वक ढंगबाट आफ्नो माग मुद्दालाई स्थापित गर्न चाहन्छौं। तर सरकारले राप्रपाले विद्रोह गरोस् भनेर चाहन्छ भने हामी सल्लाह गरेर त्यो बाटो हिँड्न तयार छौं ।’

उनले कांग्रेस एमालेलाई माओवादीले जनयुद्ध सुरु गरेको दिन सम्झिन पनि आग्रह गरे । उनले चैत १५ गते सरकारले तिनकुनेमा हिंसा मच्चाएको आरोप लगाए ।

अध्यक्ष लिङ्देनले वर्तमान सरकार नसुध्रिए प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेरेर भातपानी बन्द गरिदिने चेतावनी दिए । उनले आफूहरु शान्तिपूर्ण रुपमा बालुवाटार घेर्न जाने बताए ।

उनले भने, ‘हामी पनि गोली चलाउँछौं त भन्दिनँ तर यो कुरा याद राख बालुवाटार घेरेर भात पानी बन्द गरिदिन सक्छौं ।’ लिङदेनले प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ नगरेकोमा भने आपत्ति जनाए ।

उनले भने, ‘तपाईंले दुर्गा प्रसाईंलाई पक्रन सक्नुुहुन्थ्यो । दुर्गा प्रसाईंलाई पक्रनुपथ्र्यो, पर्दैनथ्यो भनेर विपरीत कुरा गर्न खोजेको होइन । तर, तपाईंलाई किचौंँलाजसरी आएको दुर्गा प्रसाईंलाई पक्रन सक्नुहुन्थ्यो । तर, पुलिसको फन्दामा परेको दुर्गा प्रसाईंलाई ढुक्कले निकालेर पठाउनुभयो । तर, मञ्चमा भाषण गरेका नेतालाई अश्रुग्यास बर्साउनुभयो ।’

उनले तिनकुने घटनाको जिम्मेवारी प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुखले लिनुपर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौँको पिङ्गलास्थानबाट ९५ लाख १७ हजार रुपैयाँसहित चार जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँबाट श्रोत नखुलेको करिव एक करोड रुपैयाँसहित चार जनालाई पक्राउ

मिश्रलाई थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई थप पाँच दिन

दलहरूको आन्तरिक समस्यालाई राष्ट्रिय राजनीतिमा ल्याउन नहुने एमाले सचिवालय बैठकको निष्कर्ष

काठमाडौं । नेकपा एमालेले स्रोतको अधिकतम प्रयोग गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएको

पोखरा विमानस्थलका सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन लेखा समितिका सदस्यलाई वितरण, भैरहवाको लागि संयोजकको खोजी

काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा गठित उपसमितिले