काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले देश बचाउनका लागि राजाबाहेक अरु विकल्प नभएको बताएका छन् ।
मंगलबार काठमाडौंको बल्खुमा आयोजित पार्टीको आमसभामा सांसद सिंहले राजाले मात्रै नेपाली समाज र देशलाई एकजुट र एकीकृत गर्नसक्ने बताएका हुन् ।
उनले मुलुक भ्रष्टाचारमा डुबिसकेको भन्दै यसलाई बचाउन सबै राजनीतिक दलहरू एकजुट हुनुपर्ने बताए। सिंहले राजनीतिक खिचातानीका कारण नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अवकाश पाइसक्दा पनि सरकारले नयाँ गभर्नर नियुक्त गर्न नसकेको बताए।
वर्तमान सरकार सुध्रिएन भने नेपाली जनताले श्रीलंका र बंगलादेशको अवस्था ल्याउने चेतावनी दिए । उनले तिनकुने घटनामा पक्राउ परेका राप्रपाका नेता तथा कार्यकर्ताहरूलाई निःशर्त रिहा नगरे आन्दोलन सशक्त पार्ने चेतावनी दिए ।

प्रतिक्रिया