राजतन्त्र फेरि फर्काउने दिवास्वप्नबाट मुक्त हुनुपर्छः अध्यक्ष नेपाल
मोरङ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजतन्त्र औचित्य समाप्त भएको बताएका छन् ।
मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले औचित्यहीन राजतन्त्र पुनःस्थापना नहुने बताए ।
उनले भने, ‘औचित्य समाप्त भएको राजतन्त्र फेरि फर्काउने दिवास्वप्नबाट मुक्त हुनुपर्छ’, पूर्वराजा ज्ञानेन्द्रको सहमतिमा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागु भएको हो ।’
फरक प्रसङ्गमा अध्यक्ष नेपालले संविधान संशोधन आवश्यक भएको बताए । साथै उनले नेपाल कम्युनिष्ट पार्टी एमालेसँग तत्काल एकताको सम्भावना नरहेको स्पष्ट गरे ।