सरकार कुशासनमा व्यस्त भयोः भीम रावल



काठमाडौं नेकपा एमालेका पूर्वउपाध्यक्ष एवं मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले केपी ओली नेतृत्वको सरकारले कुशासन चलाइरहेको आरोप लगाएका छन् ।

मंगलबार सामाजिक संजालमार्फत रावलले गर्भनर नियुक्त गर्न नसक्नु, त्रिविका उपकुलपतिले राजीनामा दिनु यसैको उदाहरण भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘राष्ट्र बैंकको गभर्नरको पदावधि समाप्त हुनुभन्दा एक महिना अघि नै नयाँ गभर्नरको नाम सिफारिश भइसक्नु पर्ने कानूनी व्यवस्था छ । तर १६ दिन अघि गठित दुई पौडेल सहित तीन जना रहेको सिफारिश समितिको बैठक नै बसेको छैन तथा गभर्नरको पद रिक्त भएको तीन दिन भइसकेको छ । आफ्नो स्वार्थ अनुकूलको ’फाइदाजनक’ व्यक्तिलाई गभर्नर बनाउन तानातान र खेल चलिरहेको व्यापक चर्चा छ ।’

त्यस्तै रावलले त्रिविका उपकुलपतिको राजीनामाबारे सरकार मौन रहेको भन्दै आपत्ति जनाएका छन् । उनले भनेका छन्, ‘त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. केशरजंग बरालले प्रधानमन्त्रीको हस्तक्षेप तथा काम गर्न नदिने व्यवहारको कारण देखाउँदै पदबाट राजीनामा दिएको १० दिन बितिसक्दा पनि उहाँको राजीनामा बारे सरकार मौन छ । विश्व विद्यालय उपकुलपति विहीन छ । उच्च शिक्षामाथिको खेलबाड !’

त्यस्तै उनले काठमाडौं उपत्यकाको वायु प्रदूषण खतरनाक स्तरमा पुग्दासमेत सरकार मौन बसेको आरोप लगाएका छन् ।

रावलले भनेका छन्, ‘केही दिनदेखि काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर खतरनाक स्तरमा पुगेको छ । तर जनतासँग वातावरण स्वच्छ राख्नको लागि जनताबाट उठाएको २५ अर्ब भन्दा बढी रकम हुँदाहुँदै सरकारले वायु प्रदुषणको खतरनाक स्तरप्रति कुनै ध्यान दिएको छैन । जनताको स्वच्छ वातावरणको संवैधानिक प्रति चासो राखेको छैन । धेरै धुलो उड्ने निर्माणाधीन तथा शहरी सडकमा पानी छर्ने, डढेलोको नियन्त्रणमा थप जनशक्ति र साधन लगाउने एवं जनतालाई सरसामान र झारपात नडढाउन आव्हान गर्ने वा जानकारीमूलक सूचना जारी गर्ने जस्तो काम पनि सरकारले गरिरहेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रको आवश्यकता र जनताको माग अनुसारका विकासमा जोड दिनुपर्छः उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले इञ्जिनीयरलाई राष्ट्रको आवश्यकता र

२०७२ को भूकम्पकपछि पुनःनिर्माण भएको बारपाक(फोटोफिचर)

विसं २०७२ को भूकम्पछि पुनःनिर्माण भएको गोरखाको उत्तरी भेगमा पर्ने वारपाक गाउँ ।

निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु पनि सडक आन्दोलनमा

काठमाडौं । सरकारी सरह भत्ता माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु

लोकतन्त्रमा कुनै पनि प्रकारको अतिवाद हुन सक्दैनः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्रमा कुनै पनि प्रकारको अतिवाद हुन