प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज जनआन्दोलन दिवस मनाइँदै



काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ ।

विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुनःस्थापना भएको थियो । विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य विसं २०४६ चैत २६ गते भएको थियो ।

नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त वाममोर्चाले संयुक्त रूपमा आन्दोलन गरी ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य गरेका थिए । विसं २०४६ चैत २६ गतेदेखि नेपालमा बहुदलीय शासन व्यवस्थाको पुनःस्थापना भएको हो । कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन ५० दिनसम्म चलेको थियो ।

विसं २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको अवसर पारी विसं २०४६ फागुन ७ गतेदेखि आन्दोलन सुरु भएको थियो । यो आन्दोलन विसं २०४६ चैत २६ गते सुरु भएको हो । तत्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै चैत २६ गते बहुदलीय व्यवस्थाको पुनःस्थापना गरेका थिए ।

विसं २०४६ चैत २६ गते दलमाथिको प्रतिबन्ध हटाई बहुदलीय व्यवस्थाको स्मृतिमा प्रत्येक वर्ष चैत २६ गते विभिन्न कार्यक्रम गरी जनआन्दोेलन दिवसका रूपमा मनाउने गरिन्छ । यस अवसरमा यस वर्ष पनि विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीज्यू, के शिक्षकको शालिनतालाई कमजोरीकारुपमा त हेरिएको होइन ?

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले नेपाल शिक्षक महासङ्घको आन्दोलनका माग सम्बोधन

जनतामा चरम निराशा छाउने स्थिति किन उत्पन्न भयो ?

-विद्यादेवी भण्डारी नयाँ वर्ष २०८२ को पावन अवसरमा, म स्वदेश तथा विदेशमा रहनुहुने

सरकार परिवर्तनको कुरा भ्रम सिर्जना गर्ने कोसिस मात्र होः एमाले

काठमाडौं । नेकपा एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षसँगै

के हुनुपर्छ नयाँ वर्षमा राजनीतिक सङ्कल्प ?

नारायण न्यौपाने/अशोक घिमिरे, काठमाडौँ । राजनीतिक दलका युवा नेताहरुले समृद्धि, सुशासन, सामाजिक न्याय,