कारागारबाट रविको सन्देशः न्यायको मन्दिरबाट अन्याय नहुनेमा विश्वस्त छु



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कारागारबाट आफ्ना शुभचिन्तक तथा पार्टीका नेता कार्यकर्तालाई चार सन्देश पठाएका छन् ।

बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा सोमबार भैरहवा कारागार चलान भएका सभापति लामिछानेले पार्टीका नेताहरुसँग आफ्ना चार सन्देश पठाएका हुन् । लामिछानेका प्रेस सल्लाहकारसमेत रहेका रास्वपाका नेता प्रमोद न्यौपानेले उनीसँगको भेटपछि चार सन्देश सुनाएका हुन् ।

न्यौपानेका अनुसार लामिछानेले अदालतको आदेश सम्मान गर्ने बताएका छन् । त्यस्तै उनले कानुनले दिएको अधिकार प्रयोग गर्दै सर्वोच्चमा जाने उल्लेख गरेका छन् । त्यसैगरी लामिछानेले न्यायको मन्दिरबाट आफूप्रति अन्याय नहुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

उनले अहिले आफूमाथि व्यक्त गरिएका शंका पनि गलत सावित हुने जिकिर गरेका छन् । लामिछानेको भनाई उदृत गर्दै न्यौपानेले भनेका छन्,‘अहिले ममाथि राजनीतिक प्रतिशोध भयो । पालो सबैको आउँछ । यो परीक्षाको पहिलो विद्यार्थी म भएँ । मैले जसरी नै जाँच अरूले पनि दिनुपर्ने छ ।’

लामिछानेले पार्टीका नेताहरुलाई पार्टीलाई एकढिक्का राखेर अभियान निरन्तर राख्न, अहिलेको अवस्थाबाट पार्टीलाई बढाउन र  नसकेपनि घटाउने काम चाहिँ नगर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
असिनापानीसँगै परेको चट्याङ लागेर डोटीमा एक जनाको मृत्यु, सात घाइते

डोटी । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना

ट्रम्पको ट्यारिफ र नेपाल

-नारायण गाउँले । अमेरिकी शेयर बजारले एक हप्तामा ६ ट्रिलियन डलरभन्दा बढी मूल्य

नेपालले म्यान्मारलाई पठायो २७ टन बराबरको राहत सामग्री

काठमाडौँ । नेपाल सरकारले म्यान्मार सरकारलाई करिब २७ टन बराबरको राहत सामग्री सहयोगस्वरूप

माओवादी केन्द्रका नेताहरु चीनको चोङकिङमा

चोङकिङ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सदस्य सम्मिलित