प्रशासनले भृकुटीमण्डपमा आमसभा गर्न नदिएपछि राप्रपाले बल्खुमा गर्ने



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंको बल्खुमा आमसभा गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भृकुटीमण्डमा सभा गर्न नदिएपछि बल्खुमा गर्न लागिएको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘भोलि चैत २६ गते भृकुटीमण्डपमा हुने भनिएको राप्रपाको बागमती प्रदेश स्तरीय प्रदर्शन र आमसभा बल्खुमा हुनेछ। प्रशासनले सुरक्षाको कारण देखाउँदै भृकुटीमण्डपमा अनुमति नदिएपछि स्थान परिवर्तन गर्नुपरेको हो । सरकारको रवैयाबाट बुझौं– हाम्रो आन्दोलनले उचाई लिदैंछ । आन्दोलनलाई योजनाबद्ध ढंगबाट क्रमिक रुपमा अघि बढाऔं ।’

प्रशासनले भृकुटीमण्डपको सट्टा बल्खु वा सिफल चौरमा सभा गर्न अनुमति दिने निर्णय गरेको थियो । राष्ट्रिय जनमोर्चाको पूर्वनिर्धारित कार्यक्रम र शिक्षकहरुको आन्दोलन पनि भइरहेकाले सुरक्षा संवेदनशीलताका हिसाबले राप्रपाले माग गरे अनुसार भृकुटीमण्डपमा सभा गर्न दिन उपयुक्त नभएको निष्कर्ष जिल्ला सुरक्षा समितिको बैठकले निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी

काठमाडौँ। आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ जारी भएको छ । उच्चस्तरीय आर्थिक सुधार

भिजिट भिसा अनुसन्धान गर्दा धम्की र सरुवासम्म !

-गोविन्द पन्थी । जब मानव बेचबिखन अनुसन्धान ब्युरोको टोली विमानस्थलबाट हट्यो त्रिभुवन विमानस्थल

भ्रष्टाचार निर्मूल पार्न माओवादी केन्द्रकै सरकार चाहिन्छः प्रचण्ड

गलकोट । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा केही भएन

शान्तिसुरक्षामा कुनै सम्झौता नगर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षमा कुनै सम्झौता नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका