प्रचण्डले पूर्वउपराष्ट्रपति पासाङलाई बनाए पार्टी उपाध्यक्ष



काठमाडौँ । नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई उपाध्यक्ष पदमा मनोनीत गरेको छ ।

माओवादी पदाधिकारी बैठकले पुनलाई केन्द्रीय सदस्य, स्थायी कमिटी हुँदै उपाध्यक्ष पदमा मनोनीत गरेको हो । यसअघि पुनलाई उत्पादनसम्बन्धी ब्युरोको इन्चार्जको जिम्मा दिएको थियो । उनी पार्टीको बैठकमा आमन्त्रित नेताको रुपमा उपस्थित हुँदै आएका थिए ।

पुनले पार्टी राजनीतिमा फर्किने चाहना राखेपछि प्रचण्डले सुरुमै उनलाई उपाध्यक्ष बनाउन लागेका थिए । तर, पार्टीभित्रबाटै आलोचना भएपछि उनलाई जिम्मेवारी दिने तयारी रोकिएको थियो ।

गत पुस तेस्रो साता बसेको केन्द्रीय समिति बैठकमा पनि उनी आमन्त्रित हैसियतमै सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जात्रामय भक्तपुर, यस्तो छ बिस्काः को महिमा

-रमेश गिरी, भक्तपुर । नयाँवर्षको आगमनलाई देशभर स्वागत गरिरहँदा भक्तपुर भने यतिखेर जात्रामय बनेको

सरकारलाई उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव अनुरुप बजेट निर्माण गर्न अध्यक्ष ढकालको अनुरोध

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उच्चस्तरीय आर्थिक सुधार आयोगका

वीरगञ्जमा राति १२ बजेसम्म कर्फ्युको समय थप

वीरगंज । पर्साको वीरगञ्जमा क्षेत्रमा लगाइएको कर्फ्यु आदेश आइतबार राति १२ बजेसम्मका लागि

ओली सरकार धेरै अगाडि जाँदैनः अध्यक्ष प्रचण्ड

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले वर्तमान सरकार धेरै अगाडिसम्म नजाने