जनअधिकार सङ्कुचित बनाउने कुनै राजनीतिक पद्धति स्वीकार्य हुँदैनः अध्यक्ष नेपाल



काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकमा लामो जनसङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको बताएका छन् ।

पार्टी निकट आदिवासी जनजाति महासङ्घद्वारा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले जनताको अधिकार संरक्षण गर्दै आर्थिक तथा सामाजिक रूपान्तरणका लागि गणतन्त्रात्मक शासन व्यवस्था उत्तम रहेको बताए ।

निरङ्कुश शासन व्यवस्था पुनः स्थापनाका लागि प्रतिगामी शक्ति क्रियाशील रहेको भन्दै अध्यक्ष नेपालले जनअधिकार सङ्कुचित बनाउने त्यस्तो राजनीतिक पद्धति कुनै हालतमा स्वीकार्य नहुने बताए ।

उनले जनताका मागलाई जोडेर जनसङ्घर्षकै माध्यमबाट पार्टी निर्माण, पार्टीको साङ्गठनिक सुदृढीकरणमा जनपरिचालनको महत्व तथा अन्तर्राष्ट्रिय अभ्यासबारे सम्बोधन गरे ।

उनले कार्यदिशा र सिद्धान्तमा एकरुपता नभएसम्म कुनै पार्टीसँग पनि एकताको सम्भावना नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रचण्ड भन्छन्-अब जनताको भरोसा माओवादी केन्द्र

नवलपुर ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

सुनसरीको रासीमा गोली प्रहारबाट दुई जना घाइते, एक गम्भीर घाइते

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ स्थित रासीमा सोमबार साँझ गोली प्रहार हुँदा दुई

३१ वर्षपछि पक्राउ परे काभ्रेमा हत्याका अभियुक्त

काठमाडौं । प्रहरीले कर्तव्य ज्यान मुद्दाका एक अभियुक्तलाई ३१ वर्षपछि पक्राउ गरेको छ

बिस्केट जात्राको पाँचौं दिन ढालियो ५५ हात लामो योसिद्यः

भक्तपुर । भक्तपुरको प्रसिद्घ बिस्का जात्राको पाँचौ दिन आज भेलुखेलस्थित यसींँख्योमा ५५ हात