ओली सरकारसँग नरम हुने पक्षमा छैनौंः प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली सरकारविरुद्ध निर्णायक धक्का दिने बताएका छन् ।

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको बैठकलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले राजावादीहरुको वितण्डाको विरोध गर्दा सरकारले राहत महसुस गरेपनि आफूहरू सरकारको पक्षमा नरहेको बताएका हुन् ।

उनले जनविरोधी सरकारका कारण प्रतिगामीले टाउको उठाएका भन्दै सरकारको ज्यादतिको विरोध गर्ने बताए ।

उनले भने, ‘राजावादीले गरेको वितण्डाको विरोधमा हामीले सभा गर्दा सरकारलाई राहत मिलेजस्तो भएको छ । राम्रो काम गर्नेलाई लखेट्ने, आफ्ना भ्रष्टको रक्षा गर्ने काम अहिले भइरहेको छ । मेरो नेतृत्वको सरकारले राम्रो काम गर्न खोज्दा खोज्दै अपारदर्शी ढंगले त्यसपछि जनतामा आक्रोश छ । तर हामी सरकारलाई धक्का दिन्छौं ।’

अध्यक्ष प्रचण्डले चारैतिर आन्दोलनको माहोल बन्दै गरेकाले ओली सरकारविरुद्ध निर्णायक प्रहार गर्ने बताए । उनले सरकारको कारण शिक्षकहरु सडकमा आउनु परेको बताए ।

उनले आन्दोलनरत शिक्षकहरूको माग पूरा गर्न आवश्यक परेमा विशेष अधिवेशन बोलाउन सकिनेसमेत बताए । उनले भने, ‘तपाई्ंहरूले माग पूरा नभएसम्म आन्दोलन छोडदिन भन्नुभएको छ । जबसम्म माग पूरा हुँदैन, कहिले सिटी बजाउनुस्, कहिले के । हामी तपाईंहरूको साथमा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौंमा घर तथा ४ आना जग्गा नदिए यौन शोषणको मुद्धा लगाइदिने भन्दै ठगी गर्ने दुई महिला पक्राउ

काठमाडौं । यौन शोषणको मुद्धा लगाई दिन्छु भन्दै ठगी गर्ने दुई महिलालाई प्रहरीले

दिगो संरक्षणका लागि प्रकृतिमा आधारित समाधानलाई विस्तार गर्नुपर्छः मन्त्री ठकुरी

  काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले दिगो संरक्षणका लागि प्रकृतिमा

अमेरिकाको सान डिएगोमा आवासीय क्षेत्रमा खस्यो विमान (फोटोफिचर)

काठमाडौं । अमेरिकाको सान डिएगोमा बिहीबार एउटा निजी विमान आवासीय क्षेत्रमा खसेर दुर्घटना

ढोरपाटनका मेयरसँग २० लाख धरौटी माग

गण्डकी । जिल्ला अदालत कास्कीले बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई धरौटीमा छोड्न