नेपालमा त कात्रोमा खल्ती नै हुन्छ कि जस्तो गरी मानिसहरुमा प्रवृत्ति देखिन थाल्योः शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले हरेक ठाउँमा विचौलियाहरुको विगविगी बढेको बताएका छन् ।

आइतबार डा.सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ नामक पुस्तक विमोचन कार्यक्रममा कोइरालाले देशको राजनीति परिस्थिति एकदमै नाजुक भएको भन्दै हरेक ठाउँमा विचौलियाहरुको विगविगी बढेको बताएका हुन् । उनले देशको अर्थतन्त्रसँग खेल्ने अधिकार कसैलाई नभएको बताए ।

उनले भने, ‘देशको अर्थतन्त्रसँग खेल्ने, मजाक गर्ने अधिकार कसैलाई छैन । सरकारले सुशासन दिन्छौ, देशमा भ्रष्टाचार न्यूनिकरण गर्छौ भन्नुभयो तर सुशासन कस्तो अवस्थामा छ मैले भनिरहन पर्दैन ।’

उनले पुस्तक ‘कात्रोमा खल्ती’को प्रसंग झिक्दै हाल नेपालमा कात्रोमा खल्ती नै हुन्छ कि जस्तो गरी मानिसहरुले प्रवृत्ति देखाउन थालेको बताए ।

कोइरालाले केही स्थानमा राजनेता बीपी कोइरालाको शालिकमा मोसो दल्ने काम भएकोप्रति चिन्ता व्यक्त गरे । उनले भने,‘पश्चिमतिर बीपीको शालिकमा कालो मोसो दल्ने काम भएछ । त्यो राम्रो संस्कार होइन् । मोसो दल्दैमा बीपी कालो हुने पनि हैन । बीपीबाट धेरै कुरा सिक्न जरुरी छ ।’

कोइरालाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत ल्याएको सम्पत्ति शुद्धीकरण, राजश्व अनुसन्धान र राष्ट्रिय अनुसन्धान आफ्नो मन्त्रालयअन्तर्गत लैजान जरूरी रहेको बताए । सम्पत्ति शुद्धीकरण मुद्दा लागेसँगै सांसदको पद जाने र सम्पत्ति शुद्धीकरण प्रधानमन्त्रीमातहत रहेकोमा मानिसहरू डराइरहेको पनि कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वर्षाका कारण दाउन्नेमा सडक हिलो र चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्नेमा

अब हामीले खाली प्रचारबाजीको लागि यो गर्यौं, त्यो गर्यौं भन्ने दिन गएः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले प्रचारबाजी मात्र नभई जनताले

‘सडक आन्दोलन व्यवस्था फेर्न होइन,  दलहरूप्रतिको वितृष्णा हो’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी प्रतिनिधिसभा सदस्य हुन्

शिक्षकहरुले आन्दोलनलाई थप सशक्त बनाउने

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउने भएको छ । सरकारले