शेखर कोइरालाको नेतृत्वमा राष्ट्रिय सरकार गठन गरौं
-गंगा थापा ।
नेपाली राजनीतिक क्षितिजमा फेरि एकपल्ट कालो बादल मडारिएको छ। देशको राजनीतिको वर्तमान अवस्था कुशासनका प्रतीक ओली, दाहाल, देउवा र तिनका चरण चुम्बक दासहरूको मिलेमतोमा सिर्जित दलदल हो, जसलाई सफा गर्न समय लाग्ने कुरामा दुईमत छैन । तर परिस्थितिको गम्भीरतालाई ध्यानमा राख्दै अहिले तत्कालै एक साहसी र दूरदर्शी कदम चाल्न जरुरी छ।
नेपाली कांग्रेसभित्र अझै नेतृत्वमा परीक्षणमा नपरेका, तर संगठनमा राम्रो पकड बनाएका र नेपाली कांग्रेस ठूलो संसदीय दल समेत भएको सन्दर्भमा शेखर कोइरालाको नेतृत्वमा राष्ट्रिय एकता सरकार गठन गरिनु उपयुक्त देखिन्छ । यस्तो सरकारमा सबै संसदीय दलहरू, नागरिक समाजका प्रतिनिधिहरू, बुद्धिजीवी वर्ग तथा विविध समुदायका आवाजहरू समेटिनुपर्छ।
सरकारलाई एक वर्षको म्याद दिइनुपर्छ-जसले देशलाई नयाँ चुनावमा लैजाने मात्र होइन, त्यससँगै तीनवटा गम्भीर र ऐतिहासिक विषयमा जनमत सङ्ग्रह पनि गराओस्, धार्मिक स्वतन्त्रताको प्रत्याभूति, संघीयताको पुनरावलोकन, र एक आधुनिक, आलंकारिक राजतन्त्रको सम्भावना (मूलरुपमा उपरोक्त बिषयहरु विवादित रहेका र संविधासभाले लेखेको भएपनि संविधान बारे जनमत लिनु पर्ने न्यूनतम प्रचलन भए पनि तर केही व्यक्तिको दबाबमा बलजफत संविधान जारी गरिएकोले )।
यी विवादको निराकरणले मात्र देशमा राजनीतिक स्थायित्व र समृद्धिको मार्ग प्रशस्त पार्नुका साथै आम जनतालाई देशको भविष्यप्रति आशावादी गराउन सक्नेछ। पञ्चायतकालमा तत्कालीन शासकहरूको विकासको मूल फुटाउने नारा जस्तै अहिले दुष्टहरु द्वय खड्ग प्रसाद एवं आर्जु देउबा नेतृत्वको सरकारको सुखी नेपाल समृद्ध नेपाल को सुगा रटाइ भाषणले मात्र देश अगाडि बढ्न सक्दैन।
यो प्रस्ताव कुनै आवेगमा आएको प्रतिक्रियात्मक विचार होइन, यो त राष्ट्रलाई गद्दारहरूको शिकन्जाबाट छुटाउँदै एक नयाँ युगतर्फ डोर्याउने दूरदर्शी सोचको थालनी हो । के अब यस्तो विषयलाई गम्भीर राष्ट्रिय छलफलको एजेन्डा बनाइनु पर्दैन?