शिक्षकहरुप्रति सरकारको घोर अपहेलना !



काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले आन्दोलनरत शिक्षकहरुसँग वार्ता गरी समाधान खोज्न सरकारलाई आग्रह गरेका छन् ।

आइतबार सामाजिक संजालमार्फत महासचिव गुरुङले शिक्षकहरुले आफ्ना मागकाबारेमा अग्रिम जानकारी गराएपनि हतारहतार संसद अधिवेशन अन्त्य गरेर सरकारले अपमान गरेको बताएका हुन् ।

उनले भनेका छन्, ‘शिक्षकहरु प्रति सदनबाट शिक्षा विधेयक शिघ्रतर रुपमा पारित गरियोस् भनि शिक्षकहरुले गत चैत्र २० गतेदेखि सडक आन्दोलनमा उत्रेको देखिन्छ । उक्त विधेयक शिघ्रतर रुपमा पास नभएमा चैत्र २० गतेबाट सडक आन्दोलन उत्रने भनि सरकारलाई अग्रिम जानकारी पनि शिक्षकहरुले गरेको देखिन्छ । तर सरकारले चैत्र १९ गते मध्यरातबाट हिउदे विद्येयक अधिवेशन समापन गरेको छ । शिक्षा विधेयक शिक्षा समितिको उपसमितिमा दफा छलफलमा रहेको देखिन्छ। समितिबाट पारित गरियो नै भने पनि सदन नचलेको स्थितिमा फुल हाउसबाट पारित हुन सक्ने भएन । यस्तो स्थितिमा विधेयक र सदनको स्थितिबारे शिक्षकहरुसँग वार्ता–संवाद केही नगरी सदनको समापना गर्नु सरकारको शिक्षकहरुप्रतिको उपेक्षा, अपहेना र सरकारको निरंकुश चरित्रको पराकाष्टता हो।’

उनले आन्दोलनरत शिक्षकसँग वार्ता गरी विधेयक पारित गर्ने प्रतिवद्धता जनाउन समेत आग्रह गरेका छन्।

उनले भनेका छन्, ‘सरकारको यस प्रकारको गैरजिम्मेवार व्यवहारले गर्दा देशभरका विद्यालयहरुको पठनपाठन ठप्प छ। अतः सरकारले आन्दोलनरत शिक्षकहरुसँग अविलम्व वार्ता गरी सदनमा विचाराधीन विद्येयकबारे कहिलेसम्म सदन बोलाएर पारित गर्ने भनि एउटा प्रतिवद्वता जाहेर गर्नैपर्छ।’

सरकारलाई दवाव दिन नेपाल शिक्षक महासंघले सोमबारदेखि देशव्यापी शैक्षिक हड्ताल घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौँको पिङ्गलास्थानबाट ९५ लाख १७ हजार रुपैयाँसहित चार जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौँबाट श्रोत नखुलेको करिव एक करोड रुपैयाँसहित चार जनालाई पक्राउ

मिश्रलाई थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई थप पाँच दिन

दलहरूको आन्तरिक समस्यालाई राष्ट्रिय राजनीतिमा ल्याउन नहुने एमाले सचिवालय बैठकको निष्कर्ष

काठमाडौं । नेकपा एमालेले स्रोतको अधिकतम प्रयोग गरी बजेट ल्याउन सरकारलाई सुझाव दिएको

पोखरा विमानस्थलका सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन लेखा समितिका सदस्यलाई वितरण, भैरहवाको लागि संयोजकको खोजी

काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा गठित उपसमितिले