प्रधानमन्त्रीलाई मोदीले भने-सगरमाथा संवादमा आउन भ्याउँदिन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने जानकारी गराएका छन् ।

शनिबार थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मोदी सगरमाथा संवादमा नआउने जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले सगरमाथा संवादकै बेला मोदीको युरोपको कार्यक्रम तय भइसकेकाले संवादमा नआउने बताए ।

उनले भने, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग मेरो भेटघाट अत्यन्त सुमधुर वातावरण र हार्दिकताका साथ भयो । यस पटक सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न । किनभने सगरमाथा संवादकै बेला युरोपको कार्यक्रम तय भइसकेको रहेछ । युरोपमा कार्यक्रमहरु तय भइसकेकाले बदल्न सक्ने अवस्था छैन । तर भारतबाट सगरमाथा संवादका लागि राम्रै प्रतिनिधित्व हुने जानकारी मोदीले गराउनुभएको छ ।’

उनले मोदीसँगको भेटमा कुनै सानातिना छिमेकमा समस्या देखिए तत्काल एकआपसमा संवाद गरिहाल्ने र समस्याहरुलाई टुंग्याई हाल्ने अठोट गरेको समेत बताए ।

प्रधानमन्त्रीले भने, ‘दुई प्रधानमन्त्रीका बीचमा पारस्पारिक सहयोगका विभिन्न सहयोगहरुको सम्बन्धमा, लगानी, व्यापारका क्षेत्रहरुका सन्दर्भमा र पञ्चेश्वर लगायतका विषयहरु दोधारा चाँदनीमा महाकाली सिँचाई योजना गर्नेलगायतका विषयहरुमा कुरा भयो । दुई पक्षीय पारस्परिक हितका विषयमा कुराकानीहरु भए । हामीले एउटा अठोट गरेका छौं । नेपाल–भारत सम्बन्धलाई अझ व्यापक, विस्तृत, सुदृढ गर्दै लाने र कुनै सानातिना छिमेकमा समस्या देखिए भनेपनि एकआपसमा संवाद गरिहाल्ने र समस्याहरुलाई टुंग्याईहाल्ने जस्ता कुराहरुका बारेमा गहिरो समझदारी गरेका छौं । भेटघाट फलदायी भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीलाई भारतका कृषिमन्त्रीले भने-दुवै मुलुक मिलेर कृषिको आधुनिकतामा काम गरौं

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतका कृषि तथा किसान

यातायात कार्यालय बाँकेमा सेटिङमा लाइसेन्स वितरण गरी मासिक ३ करोड भन्दाबढी रकम कलेक्सन, चार जना पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय बाँके चारजनालाई पक्राउ गरेको

जब गृहमन्त्री तिनकुने घटनाका घाइते भेट्न अस्पताल पुगे…

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले तीनकुने घटनाका घाइतेलाई विभिन्न अस्पताल पुगेर स्वास्थ्यावस्थाबारे जानकारी लिएका

मानवअधिकारवादीको रोहबरमा २४ घण्टामा सार्वजनिक हुन तयार छुः दुर्गा प्रसाईं(भिडियोसहित)

काठमाडौँ । प्रहरीको खोजीमा रहेका राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले आफू कतै नभागेको