बिम्स्टेक शिखर सम्मेलनमा भाग लिइ प्रधानमन्त्री ओली स्वदेश फिर्ता



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलनमा भाग लिइ शनिबार स्वदेश फर्किएका छन् ।

प्रधानमन्त्री ओलीलाई त्रिभुवन विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, सरकारका उच्चपदस्थ अधिकृत तथा सुरक्षा अङ्गका प्रमुखले स्वागत गरेका थिए ।

प्रधानमन्त्रीको स्वागतमा नेपालस्थित कूटनीतिक समुदायका डीन, नेपालका लागि इजिप्टका राजदूत र नेपालका लागि थाइल्याण्डका कार्यवाहक राजदुत स्वागतका लागि विमानस्थल पुगेका थिए । त्यसअघि नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्रीलाई सम्मान गारत अर्पण गरेको थियो ।

थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राको मैत्रीपूर्ण निमन्त्रणामा २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही चैत १९ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।

थाइल्याण्डमा रहँदा प्रधानमन्त्री ओलीले छिमेकी भारतका प्रधानन्त्री नरेन्द्र मोदीलगायत विभिन्न मुलुकका समकक्षीसँग आपसीहित र चासोका विविधि विषयमा छलफल गरेका थिए ।

प्रधानमन्त्री ओली यही चैत २२ गते बिम्स्टेक शिखर सम्मेलनमा सम्बोधन समेत गरेका थिए । त्यसअघि प्रधानमन्त्री ओेली चैत २१ गते बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका सरकार वा राष्ट्रप्रमुखको नेताहरूको सम्मानमा आयोजना हुने रात्रिभोजमा सरिक भएका थिए ।

शिखर सम्मेलनका क्रममा सदस्य मुलुकका समकक्षी एवं राष्ट्रप्रमुखहरूसँग भेटवार्ता समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीलाई भारतका कृषिमन्त्रीले भने-दुवै मुलुक मिलेर कृषिको आधुनिकतामा काम गरौं

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतका कृषि तथा किसान

यातायात कार्यालय बाँकेमा सेटिङमा लाइसेन्स वितरण गरी मासिक ३ करोड भन्दाबढी रकम कलेक्सन, चार जना पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय बाँके चारजनालाई पक्राउ गरेको

जब गृहमन्त्री तिनकुने घटनाका घाइते भेट्न अस्पताल पुगे…

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले तीनकुने घटनाका घाइतेलाई विभिन्न अस्पताल पुगेर स्वास्थ्यावस्थाबारे जानकारी लिएका

मानवअधिकारवादीको रोहबरमा २४ घण्टामा सार्वजनिक हुन तयार छुः दुर्गा प्रसाईं(भिडियोसहित)

काठमाडौँ । प्रहरीको खोजीमा रहेका राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले आफू कतै नभागेको