राज्य व्यवस्था समितिले तिनकुने घटनाबारे छलफल गर्न गृहमन्त्रीलाई बोलायो



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चार हजारको भिड व्यवस्थापन गर्ने सरकार क्षमता नभएको हो ? भन्दै प्रश्न गरेका छन् ।

बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री शर्माले चार हजारको भिड नियन्त्रण गर्न सरकार असक्षम हुनु गम्भीर विषय भएको बताए ।

उनले चैत १५ गते भएको आन्दोलनका क्रममा घटेका सबै घटनाहरुको बारेमा गृहमन्त्रीलाई समितिलाई जानकारी गराउन माग गरे ।

उनले भने, ‘राज्य व्यवस्था समितिको यो बैठकमा गृहमन्त्री ज्युलाई बोलाउनुपर्छ । गृहमन्त्रीले राज्य प्रशासनको तर्फबाट राज्यको बुझाई के हो ? भएको विषय वस्तु के हो ? ४ हजारसम्मको भिड व्यवस्थापन गर्न क्षमता नभएको हो राज्यसँग ? यो समग्र विषयमा समितिलाई जानकारी गराउन ध्यानाकर्षण गर्दछु ।’

महामन्त्री शर्माले पत्रकार सुरेश रजक र सविन महर्जनको हत्याका विषयमा फरक फरक विषय बाहिर आएकाले यो घटनाको छानबिनका लागि न्यायिक समिति गठन हुनुपर्ने बताए ।

त्यस्तै राप्रपाका सांसद बुद्धिमान तामाङले १५ गतेको घटनामा एकपक्षीय रुपमा राजावादीप्रति खनिएको भन्दै निष्पक्ष न्यायिक छानबिनको माग गरे । राप्रपाका नेताहरु समेत उक्त प्रदर्शनमा जाने तयारी गरेपनि प्रसाईंको फोटो देखेपछि नगएको उनले बताए । तामाङले कार्यक्रम सुरु नहुँदै मञ्चमा अश्रुग्यास प्रहार गरेको देखिएको बताएका थिए ।

यसैगरी नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले तिनकुने घटनामा सरकारले सरकारले चाँडै जवाफ दिनुपर्ने बताए । उनले प्रहरी घेरामा रहेका दुर्गा प्रसाईंलाई पक्राउ नगरिएकोप्रति आक्रोश पोखे ।
छलफलपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले घटनाबारे बुझ्न गृहमन्त्री रमेश लेखकलाई आगामी शुक्रबार बैठकमा बोलाइने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रचण्डले पूर्वउपराष्ट्रपति पासाङलाई बनाए पार्टी उपाध्यक्ष

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङलाई उपाध्यक्ष पदमा मनोनीत गरेको

पार्टीको महाधिवेशन कसैले चुनाव पछि हुन्छ भन्यो भने त्यो विधिविपरीतः महामन्त्री थापा

तुलसीपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालको चुनावअघि नै पार्टीको महाधिवेशन

नेपालको समावेशिता र शान्तिपूर्ण रूपान्तरणको यात्रा विश्वकै लागि उदाहरणीय छः सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालको सामाजिक न्याय, समावेशिता र शान्तिपूर्ण रूपान्तरणको यात्रा

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व १६ अर्ब ४५ करोड

काठमाडौँ । सरकारको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत भुक्तानी दिनुपर्ने दायित्व १६ अर्ब ४५ करोड