पूर्वराजाले सम्झौता भङ्ग गर्नुभएको छ, उहाँको सेवासुविधा अब के हुन्छ ?



काठमाडौँ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति सम्पूर्ण राजनीतिक दल एकताबद्ध भएको बताएका छन् ।

“राजनीतिक दलहरुबीच विचारगत र विषयगत कुरामा प्रतिस्पर्धा होला, फरक मत हुनसक्छ, तर लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा फरक छैनौँ”, प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद भट्टराईले भने, “नेपालको संविधान, कानुन र लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति सिङ्गो राजनीतिक दल एकताबद्ध छौँ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलको उठाएको विषयलाई संविधान, नियम, कानुन, संसद्को नियमावलीमा रहेर संसद्मा सम्बोधन गरिरहँदा अवरोध गर्ने कार्यप्रति दल र संसद्को तर्फबाट उनले निन्दा गरे ।

“प्रधानमन्त्रीले नेपालको संविधान, कानुन, संसद्को नियमावलीमा रहेर विपक्षीले उठाएको प्रश्नको विषयमा कुरा राखिरहँदा जसरी असाध्यै असहिष्षुण तरिकाले अवरोध गर्न खोजियो, नेपालको इतिहासमा एउटा कालो धब्बा होला”, एमाले सचिव भट्टराईले भने, “तर यो संसदीय व्यवस्थामा यतिमै अतालिँदैन, क्षणिक आवेशबाट विचलित छैनौँ, सिङगो लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरु विचलित भएका छैनौं ।”

सचिव भट्टराईले गत शुक्रबार राजावादीको आन्दोलनका क्रममा भएको अप्रिय घटनामा परी श्रमजीवी पत्रकार सुरेश रजकको मृत्युप्रति भत्र्सना गरे ।

उनले भने,“तीनकुनेमा इतिहासमा कहिल्यै नभएको घटना भयो, उक्त घटनाको म निन्दा गर्दछु, सांसद सन्तोष परियारको गाडीमा आगो लगाउने काम भयो, नचिनेको हुनाले उहाँ बच्न सफल हुनुभयो, दलको तर्फबाट म उहाँप्रति सहानुभूति प्रकट गर्दछु ।”

सचिव भट्टराईले नेपालमा संवैधानिक राजतन्त्र र राजा चाहिन्छ भन्ने विषय सुुनिएको उल्लेख गर्दै विगतमा राजा र राजनीतिदलप्रति भएको सम्झौता पटक–पटक इतिहासमा उल्लङ्घन भएको बताए ।

“राजा र संसद्बीचको सम्झौता पटक–पटक भयो । विसं २००७, विसं २०१५ सालको कुरा हेरौँ, पञ्चायतलाई जिताउनका २०३७ सालमा षडयन्त्रलाई हेर्न सकिन्छ, त्यो नभएको भए नेपालको लोकतन्त्र अझै सुदृढ हुने थियो”, उनले भने, “विगतमा धेरै पटक सम्झौता भङ्ग भएको छ, २०४७ सालको संविधानमा बेलायत, थाइल्याण्डभन्दा पनि राम्रो राजतन्त्रको व्यवस्था ल्याइएको थियो, तर त्यो पनि कार्यान्वयन हुन सकेन ।”

उनले जनताको रगत र पसिनाबाट बनेको संसद् विश्वविद्यालय भएको र संसद् भवनमा आचरण, व्यवहार र पद्धति नभत्किने प्रष्ट पारे । उनले भने, “२१औँ शताब्दीको सभ्य समाजमा छौँ, पूर्वराष्ट्रअध्यक्षको सुविधा दिएर पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासमा राखिएको छ, उहाँले यो सम्झौता पनि भङ्ग गर्नुभएको छ, उहाँको सेवासुविधा अब के हुन्छ सरकारलाई सोध्न चाहन्छु ।”

उनले राजतन्त्रको पालामा बेचिएका मूर्ति अहिले नेपालमा संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयले फिर्ता ल्याइरहेको हुँदा त्यो व्यवस्था कस्तो थियो अहिले पनि प्रष्ट भएको उल्लेख गरे । उनले मुलुकमा लोकतान्त्रिक गणतन्त्र आइसकेपछि विकास र समृद्धिमा उल्लेख्य प्रगति भएको उल्लेख गर्दै वसं २०४७ साल र अहिलेको तथ्याङ्कसमेत प्रस्तुत गरे । विसं २०४७ सालमा नेपालको कूल ग्राह्स्थ्य उत्पादन करिब चार अर्ब भएको र करिब ५४ अर्ब कूल ग्राह्स्थ्य उत्पादन रहेको जानकारी उनले दिए ।

त्यस्तै, प्रतिव्यक्ति आय १८० डलर भएकोमा अहिले १४ सय डलर भएको, सिमेन्टको घर भएका मानिस ११ प्रतिशत भएकोमा अहिले ५६ प्रतिशत भएको उनले बताए । मातृमृत्यृदर, बालमृत्युदरमा उल्लेख्य रुपमा घटाउन सकेको उल्लेख गर्दै सचिव भट्टराईले राजनीतिक दलहरुबीच केही कमजोरी भए वा यो व्यवस्थाअनुसार काम गर्न नसकिएकोमा दलहरुले आत्मआलोचना गरेर अघि बढनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विमान कम्पनीले उडान गर्ने चासो नदेखाएका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल फेरि सुनसान

भैरहवा (रूपन्देही)। भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल एकपटक पुनः सुनसान भएको छ। मार्च २९

आगजनी र तोडफोडमा संलग्न थप ७ जना पक्राउ

काठमाडौं । गत शुक्रबार काठमाडौंको तिनकुने क्षेत्रमा आगजनी, तोडफोड गरेको आरोपमा प्रहरीले थप

कसैलाई जरिवाना तिराउने हाम्रो उद्देश्य होइनः मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फोहोर नगरी आन्दोलन गरेकोमा शिक्षकलाई धन्यवाद

प्रधानमन्त्रीसँग प्रथम थाइ सगरमाथा आरोहीको भेट

काठमाडौं ।  थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज थाइ–नेपाल मैत्री