एमालेको अनुरोधः विधेयक पारित गर्न गाह्रो भयो, संसदको अवरोध हटाइयोस्



काठमाडौं । नेकपा एमालेले संविधान र कानुनको व्यवस्थाअनुरूपको कार्यसम्पादनमा उत्पन्न बाधा हटाउनका लागि प्रतिपक्षी दलहरूलाई आग्रह गरेको छ ।

आइतबार काठमाडौंमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको अवरोधका कारणले प्रतिस्थापन विधेयक पारित गर्ने प्रक्रियामा व्यवधान सिर्जना भइरहेको प्रति ध्यानाकर्षण भएको जनाउँदै संविधान र कानुनको व्यवस्थाअनुरूपको कार्यसम्पादनमा उत्पन्न बाधा हटाउन प्रतिपक्षी दलहरूलाई अनुरोध गरेको एमाले महासचिव शङ्कर पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैठकले सरकारी विधेयकलाई संविधान र कानुनको व्यवस्थाअनुरूप सम्पादन गर्ने कर्तव्यतर्फ राष्ट्रियसभाका अध्यक्ष र प्रतिनिधिसभाका सभामुखको समेत ध्यानाकर्षण गराएको उनले बताए ।

एमाले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प गर्दै सबै राजनीतिक दल, नागरिक समाज तथा आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

बैठकले आगामी ९ वैशाखमा पार्टी स्थापना दिवसलाई ‘युथ समिट’का रूपमा मनाउने निर्णय गरेको र उक्त समिटमा ४० वर्ष मुनिका ६ हजार युवाको सहभागिता रहने महासचिव पोखरेलले जानकारी दिए ।

यस्तै, बैठकले राजावादीका नाममा काठमाडौंको तीनकुने, कोटेश्वर, जडिबुटीलगायतका क्षेत्रमा आपराधिक समूहले देखाएको उदण्डता, अराजकता, तोडफोड, लुटपाट, हत्या र हिंसाका घटनालाई अत्यन्त गम्भीररूपमा लिँदै त्यसको निन्दा तथा भर्त्सना गरेको छ ।

शान्तिपूर्ण प्रदर्शनका नाममा सवारीसाधनको प्रयोग गरी सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चारगृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमाथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी–जानी हिंसा र आतङ्क सिर्जना गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्नेजस्ता अराजक र आपराधिक क्रियाकलापको छानबिन गरी दोषीउपर तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराइएको विज्ञप्तिमा उल्लेख छ ।

एमालेले प्रदर्शनका क्रममा ज्यान गुमाएकाका परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विमान कम्पनीले उडान गर्ने चासो नदेखाएका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल फेरि सुनसान

भैरहवा (रूपन्देही)। भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल एकपटक पुनः सुनसान भएको छ। मार्च २९

आगजनी र तोडफोडमा संलग्न थप ७ जना पक्राउ

काठमाडौं । गत शुक्रबार काठमाडौंको तिनकुने क्षेत्रमा आगजनी, तोडफोड गरेको आरोपमा प्रहरीले थप

कसैलाई जरिवाना तिराउने हाम्रो उद्देश्य होइनः मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फोहोर नगरी आन्दोलन गरेकोमा शिक्षकलाई धन्यवाद

प्रधानमन्त्रीसँग प्रथम थाइ सगरमाथा आरोहीको भेट

काठमाडौं ।  थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज थाइ–नेपाल मैत्री