राजावादीहरुको हिंसात्मक गतिविधिविरुद्ध एकीकृत समाजवादीले चैत २५ गते देशव्यापी भण्डाफोर गर्ने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले शुक्रबार राजावादीहरुले काठमाडौंमा अराजकत गतिविधि गरेको भन्दै त्यसलाई स्वीकार गर्न नसकिने बताएको छ ।
आइतबार पत्रकार सम्मेलन गरी एकीकृत समाजवादीले निजी घर, पसल र सवारीसाधनमा आगजनी गर्ने, राजनीतिक दलका नेताहरूको घरमा ढुंगामुढा गर्ने काम गरेको भन्दै यस्तो अराजक र अपराधिक दृष्य सभ्य समाजका लागि स्वीकार्य नभएको बताएको हो ।
उसले यस्तो हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानुनअनुसार कडा कारबाही गर्न माग गरेको छ । यस्तै पार्टीले सोही दिन भएको समाजवादी मोर्चाको जनसभा भव्यता, शालीनता, शान्तिपूर्ण र उत्साहजनक रूपमा सफल भएको पनि जानकारी गराएको छ ।
यसैबीच पार्टीको स्थायी कमिटी बैठकले राजावादीहरुको विध्वंसकारी र जनविरोधी क्रियाकलापको घोर निन्दा एवं भत्र्सना गर्दै यस्ता क्रियाकलापको देशब्यापी रूपमा भण्डाफोर गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय तथा पार्टी अध्यक्ष माधवकुमार नेपालको निवासलगायतका स्थानमा भएको ढुंगामुडा, तोडफोड र आगजनी विरूद्ध यही चैत्र २५ गतेभित्र सबै प्रदेश, जिल्ला, स्थानीय कमिटी र जनसंगठनहरुले सम्बन्धित तहमा देशैव्यापी विरोध प्रदर्शन गर्ने बैठकले निर्णय गरेको हो ।