प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् ।
कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक आह्वान गरेको जानकारी दिए । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमसँगै संसद र सरकार सञ्चालनका विषयहरूमा छलफल हुने बताइएको छ ।