कसैले चाहँदैमा यो व्यवस्था परिवर्तन हुँदैनः सभापति देउवा
मर्चवार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गणतान्त्रिक शासन व्यवस्था कायम रहने बताएका छन् ।
लुम्बिनीमा शनिबार आयोजित नेपाली लेखक संघको आठौँ अधिवेशनको उद्घाटन समारोहमा उनले नेपाली जनता गणतन्त्रका संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा रहेकाले वर्तमान व्यवस्था कायम रहने बताएका हुन् ।
सभापति देउवाले पूर्वराजाका नाममा भएका गतिविधिको निन्दा गरे । उनले संवैधानिक राजा बन्ने चाहना कहिल्यै प्रकट नगरेको स्पष्ट गरे ।
उनले देशमा गणतन्त्र स्थापित भइसकेकाले कसैले चाहँदैमा यो व्यवस्था परिवर्तन नहुने बताए । हरेक नेपाली गणतन्त्रका पक्षमा एकजुट हुनुपर्नेमा सभापति देउवाको जोड थियो ।