पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन एमालेको आह्वान



काठमाडौँ । नेकपा एमालेले सबै राजनीतिक दललाई पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गरेको छ।

एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार विज्ञप्ति जारी गर्दै सबै राजनीतिक दल, नागरिक समाज र आमनेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गरेका छन्।

एमालेले शुक्रबार पूर्वराजावादीहरूको अराजक समूहले काठमाडौँको तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा देखाएको उदण्डता, अराजकता र हिंसाको घोर भर्त्सना गरेको छ। एमाले महासचिव पोखरेलले आजका आपराधिक क्रियाकलापमा सङ्लग्नलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग गरेका छन्।

‘शान्तिपूर्ण प्रदर्शनका नाममा सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चार गृह, राजनीतिक दलका कार्यालय र सरकारी भवन माथि आगजनी गर्ने, लुटपाट गर्ने, जानीजानी हिंसा र आतङ्कलाई दुरुत्साहन गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने यस्ता आपराधिक क्रियाकलाप निन्दनीय छन्,’ महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

उनले एमाले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने सङ्कल्प समेत गरेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निलम्बन फुकुवाबारे रविलाई सभामुखको जवाफः अहिलेको कानुनी व्यवस्था जे छ, आफूले त्यही गरेको हो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो सांसद पद निलम्ब फुकुवा

सांसद दीपक बोहराको निधन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक बोहराको निधन भएको छ । बोहराको

राज्यका निकायमा मधेसी समुदायको सहभागिता सुनिश्चित गरिनुपर्छः सांसद कार्की

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र आएपछि देश जुन रूपमा अगाडि बढ्नुपर्ने थियो, त्यो

बर्खायाममा पनि संचालनका लागि यसरी हुँदैछ बिपी राजमार्ग पुनर्निर्माण

धुलिखेल। गत असोजको दोस्रो साताको बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गमा अहिले तत्कालका लागि