मण्डलेहरू कस्ता हुन्छन् भनेर थाहा पाउन कतै जानु पर्दैन, तिनकुनेको हर्कत हेरे पुग्छः प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रलाई राजनीतिक दलहरुको उदारतालाई कमजोरी नठान्न चेतावनी दिएका छन् ।

शुक्रबार समाजवादी मोर्चाले भृकुटीमण्डपमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले इतिहासलाई पछाडि फर्काउने दुस्साहस नगर्न चेतावनी दिएका हुन् ।

उनले पूर्वराजा ज्ञानेन्द्रले धेरै गल्ती गरेकाले अहिले त्यसको परिणाम भोगिरहेको बताए । उनले भने, ‘अब अर्को गल्ती गरे भने उनले भोग्न केही पनि बाँकी रहँदैनन् । खबरदार ।’ अध्यक्ष प्रचण्डले मण्डलेहरूले अराजकता मचाउन खोजेको आरोपसमेत लगाए ।

उनले मण्डलेहरुको अराजकता थाहा पाउन तिनकुनेको हर्कत हेरे पुग्ने बताए । उनले भने, ‘मण्डलेहरू कस्ता हुन्छन् भनेर थाहा पाउन कतै जानु पर्दैन । तिनकुनेको हर्कत हेरे पुग्छ । १२ वर्ष ढुंग्रामा हाले पनि कुकुरको पुच्छर बाङ्गो भनेझैँ मण्डलेको आमसभा अराजकतामा परिणत भएको छ । मण्डलेले आतंक सिर्जना गर्न खोजेका छन् । प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् ।’

उनले समाजवादी मोर्चा र व्यक्तिगत तर्फबाट आत्मआलोचना गर्दै अब जनअपेक्षा अनुसार काम गर्ने र इतिहासमा कुडाकर्कट बनिसकेकाहरूले टाउको उठाउन चाहेको आन्दोलनलाई अन्त्य गर्ने बताए ।

उनले भने, ‘जनयुद्धको नेतृत्वकर्ता, शान्ति सम्झौता, गणतन्त्र घोषणा र संविधान निर्माणको नेताको हैसियतले देशभरका जनतालाई भन्न चाहन्छु, समस्या विगतमा केही त्रुटी गरेकाले पनि पैदा भएका छन् ।

‘हामी गणतन्त्रवादीहरूले केही कमजोरी गरेकैले दलाल, नोकरशाहीहरूले पनि थुप्रै लाभ लिने अवसर प्राप्त गरे । तर, अब त्यसलाई सच्याइनेछ । गल्तीबाट शिक्षा लिएर पुनः मजदुर, किसान, उत्पीडित जनता, महिला, मुस्लिम सबैको पक्षमा काम गर्न अर्को क्रान्तिको नेतृत्व गर्न हामी तयार भएका छौं । यो कुरा मञ्चबाट औपचारिकताको लागि मात्र भनिराखेको छैन । एउटा नयाँ आन्दोलन, नयाँ क्रान्तिको नेतृत्वद्वारा अहिले देखिएको समस्या समाधान गर्न चाहन्छौं ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओली राजावादीहरुले मिलेको आशंका व्यक्त गरे । उनले सरकारले उल्टो काम गरेको देख्दा प्रधानमन्त्री ओली राजावादीसँग मिलेको हुनसक्ने बताए ।

उनले भने, ‘भित्रभित्रै उहाँ, हिजो पनि कहीँ न कहीँ मिल्न खोज्नुहुन्थ्यो। गणतान्त्रिक आन्दोलन हाम्रो माधवजीको नेतृत्वमा चल्दैगर्दा उहाँ बयलगाढावाला सिद्धान्तको प्रतिपादक हुनुहुन्थ्यो ।’

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई नकारात्मक गुरुको संज्ञा दिए । उनले भने, ‘माधवजीले अघि स्वर्ग र नर्कको कुरा गर्नुभयो । उहाँले जे भएको हो, त्यही भन्नुभयो, तर निष्कर्ष त्यो होइन । मलाई नर्कतिर र उनी स्वर्गतिर गएको होइन । उनी नर्कतिर मलाई स्वर्गतिर फर्काइदिएको हो । मलाई स्वर्गमा जान प्रेरित गरे यस अर्थमा केपी ओलीलाई धन्यवाद छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सांसद पद निलम्बन फुकुवाका लागि रविले सभामुख भेट्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट

किच्चकबधमा उत्खननका क्रममा भेटियो ‘दरबारको जग’

झापा। महाभारतकालीन विराट राजाको सालो किच्चकको दरबार रहेको विश्वास गरिएको भद्रपुर नगरपालिका–३ स्थित

अन्नपूर्ण आधार शिविरमा आरोहीको लर्को(फोटोफिचर)

म्याग्दी । अन्नपूर्ण हिमाल आरोहणका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका छन् ।

प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण आजदेखि, बिमस्टेक शिखर सम्मेलनमा चैत २२ गते सम्बोधन गर्ने

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र