पूर्वराष्ट्रपति भण्डारी तीन दिनसम्म लुम्बिनीमा राजनीतिक भेटघाटमा व्यस्त



लुम्बिनी । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी रुपन्देहीमा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन बिहीबार रुपन्देही आएकी छन् ।

उनलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो ।सद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले यही चैत १६ गते नगरपालिकाले भैरहवामा आयोजना गर्न लागेको महिला नेतृहरुबीच अन्तरसंवाद कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी प्रमुख आतिथी रहनेछिन् ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट पूर्वमन्त्री तथा पार्टी केन्द्रीय सचिव पद्यमा अर्याल र नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र)का तर्फबाट पूर्वसञ्चारमन्त्री रेखा शर्मा, नेपाली कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य गङ्गा शाहीलाई वक्ताका रुपमा आमन्त्रण गरिएको छ ।

महिला जनप्रतिनिधिहरुबीच कार्यसम्पादनमा आइपरेका समस्या, समाधान, उपलब्धि, भावी सम्भावनालगायतका विषयमा केन्द्रित रहेर अन्तरसंवाद आयोजना गरिएको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँले जानकारी दिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका महिला सांसद, स्थानीय तहका महिला प्रमुख, उपप्रमुख, महिला अध्यक्ष, उपाध्यक्ष, महिला वडाअध्यक्ष र महिला कार्यपालिका सदस्यलाई आमन्त्रण गरिएको उपप्रमुख अधिकारीले जानकारी दिइन् ।

भैरहवास्थित होटल भिलासामा बिहीबार पूर्वराष्ट्रपति भण्डारीसँग नेकपा (एमाले) का नेता–कार्यकर्ता, सांसदलगायतले भेटघाट गरेका छन् ।

उनलाई भेट्न सिद्धार्थ भिलासामा एमाले पोलिटब्यूरो सदस्य एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरी, केन्द्रीय सदस्य खिमलाल भट्टराई, लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेल, प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, नेताहरू दधिराम खरेल, जिल्ला अध्यक्ष यज्ञ गैरेलगायत पुगेका थिए ।

पूर्वराष्ट्रपति भण्डारी शुक्रबार लुम्बिनीमा एक बौद्ध विहारको शिलान्यास गर्ने कार्यक्रम रहेको सांसद तथा नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपा सांसद राणालाई राज्यविरुद्धको कसुर अपराधमा पक्राउ गरिएको बारे सदनलाई जानकारी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवल शम्सेर जबरालाई राज्यविरुद्धको कसुर

शुक्रबार पूर्वराजा पक्षधरले देखाएको व्यवहार गैरकानुनीः सांसद शर्मा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद रेखा शर्माले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका

‘तपाईंहरू तोडफोड नगरी, मान्छे नमारी आएको हो, हँ ?’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गत शुक्रबार काठमाडौंको तिनकुनेमा भएको

विश्वप्रकाशको प्रश्नः राजधानीमा त्यत्रो तोडफोड हुँदा सबैलाई दुख्यो, तर निर्मल निवासलाई किन दुखेन ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गणतन्त्रको विकल्प खोज्ने भन्दापनि यसको प्रकृयामा