प्रेस चौतारीको नयाँ नेतृत्वलाई प्रधानमन्त्रीको आग्रहः भाइरस छिर्न नदिनेतर्फ सचेत हुनु



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नवनिर्वाचित नेतृत्वलाई बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओलीले चौतारीको केन्द्रीय कमिटी सर्वसम्मतरुपमा चयन हुनुले राम्रो सन्देश दिएको बताउँदै अब व्यावसायिक, वैचारिक र साङ्गठनिक काममा सक्रिय हुन आग्रह गरे ।

यही चैत १० देखि १२ गतेसम्म विराटनगरमा भएको चौतारीको दसौँ राष्ट्रिय महाधिवेशनबाट गणेश पाण्डेको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी चयन भएको थियो ।

अध्यक्ष ओलीले चौतारीको नेतृत्व चयनका सन्दर्भमा आकाङ्क्षीहरूले आफूसँग भेट गरे पनि आफूले कसैलाई कुनै पदमा राख्नु भनेर नतोकेको स्पष्ट गर्दै महाधिवेशनले सहमतिका साथ नेतृत्व चयन गरोस् भन्ने कामना मात्रै राखेको स्मरण गराए ।

प्रधानमन्त्री ओलीले झुटबाहेक केही नबोल्ने र अरूलाई आरोप लगाउनेहरूबाट बचेर देशको समृद्धि र सामाजिक सद्भाव एवं एकताका लागि सञ्चार क्षेत्रबाट योगदान दिनुपर्नेमा जोड दिए । उनले सामाजिक सञ्जालको सही सदुपयोग गर्दै साम्प्रदायिक, जातीय, भाषिक, क्षेत्रीय र लैङ्गिकताका नाममा सङ्गठनभित्र कुनै पनि प्रकारको रोग (भाइरस) छिर्न नदिनेतर्फ सचेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थाइल्यान्ड भ्रमण र बिम्स्टेकको शिखर सम्मेलनमा सहभागिताबारे प्रधानमन्त्रीलाई पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुले दिए यस्ता सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक

एमालेको अनुरोधः विधेयक पारित गर्न गाह्रो भयो, संसदको अवरोध हटाइयोस्

काठमाडौं । नेकपा एमालेले संविधान र कानुनको व्यवस्थाअनुरूपको कार्यसम्पादनमा उत्पन्न बाधा हटाउनका लागि

रवीन्द्र मिश्र र धवलशमशेर राणालाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालाई काठमाडौं

स्वागत नेपाल हिरासतमुक्त

काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता अधिवक्ता स्वागत नेपाल रिहा