विपक्षीहरु सरकारविरुद्ध झुट फैलाउन केन्द्रित भएः प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्पमा अवरोध पुर्याउने कामहरु भइरहेको बताएका छन् ।

मंगलबार प्रगतिशील इन्जिनियरिङ एसोसिएशनको राष्ट्रिय अधिवेशनमा प्रधानमन्त्रीले डिजिटल नेपाल र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्न सरकार लागेको भन्दै केही मानिसहरु यस कुरालाई सफल पार्न नदिनको लागि लागिपरेको बताए ।

उनले भने, ‘हामीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्ने संकल्प बोकेका छौ । केही मानिसहरु यस कुरालाई सफल पार्न नदिनको लागि लागेका छन् त्यो स्वभाविक पनि हो । विरोधीहरु लाग्छन् ।’

पछिल्लो समय सरकारलाई बदनाम गर्ने र झुट फैलाउने कुराहरु बढ्दै गएको भन्दै प्रधानमन्त्रीले सरकार यस्ता विषयहरुमा अल्झिएर नबस्ने बताए ।

उनले भने, ‘सरकार र आफू बाहेक अरुलाई कसरी बद्नाम गर्न सकिन्छ । कसरी सत्यलाई ढाक्न सकिन्छ, झुटलाई फैलाउन सकिन्छ भनेर यस्तो कुराहरुमा उहाँहरु धेरै नै सक्रिय देखिनु हुन्छ । म यस्ता कुराहरुमा धेरै अलमल गर्न चाहन्न । हामीले देशको विकास गर्नु छ ।’

पूर्वाधारबिना विकास सम्भव नभएको भन्दै प्रधानमन्त्रीले पछिल्लो समय प्रधानमन्त्री हुँदा पूर्वाधारलाई प्राथमिकतामा राखेर अगाडि बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यसरी भएको थियो तिनकुनेमा राजावादी र प्रहरीबीच झडप(भिडियो)

काठमाडौं । राजावादीहरूको समूह र प्रहरीबीच तिनकुनेमा झडप भएको छ । राजावादीहरूको समूह

विपक्षीको अडानका कारण प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक यही चैत १७ गते आइतबार बिहान ११ बजे बस्ने

लोकतान्त्रिक राज्यप्रणालीमा देखापर्ने समस्याको संवादबाट दलहरुले नै समाधान खोज्नुपर्छः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ