पोखराको पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी



गण्डकी । पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियूमा अनेरास्ववियुको प्यानल नै निर्वाचन भएको छ । अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल ११०५ मत ल्याउदै निर्वाचित भए। नेविसंघका सुशील न्यौपानेले ५०३ मत पाएका छन् ।

स्वतन्त्र रुपमा उठेकी विप्लवीले ४६९ मत पाएकी छन् । सचिवमा अनेरास्ववियुका विराट दुवाडीले १४१३ र कोषाध्यक्षमा अनेरास्ववियुकि सन्दिका गुरुङले १३०४ मत पाउदै विजयी भएका छन् । प्रतिस्पर्धी नेविसंघकी अमिषा यादवले ६४७ मत ल्याइन् ।

पिएन क्याम्पसमा चैत ५ गते नै स्ववियु निर्वाचन तय भएको थियो। तर मतपत्रमा अखिल छैठौंको मत संकेत गर्ने ठाउँमा कोष्ठक चिह्न नै नभेटिएपछि मतदान रोकिएको थियो । आइतबार भएको मतदानमा २९८७ विद्यार्थीले मतदान गरेका थिए । देशकै ठूलो क्याम्पस पिएन क्याम्पसमा ९२७० जना विद्यार्थी अध्ययनरत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लोकतान्त्रिक राज्यप्रणालीमा देखापर्ने समस्याको संवादबाट दलहरुले नै समाधान खोज्नुपर्छः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ

सर्वोच्चले दिएन कुलमानका पक्षमा अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले कुलमान घिसिङको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ

समाजवादी मोर्चाको प्रदर्शन सुरु(फोटोफिचर)

काठमाडौं । समाजवादी मोर्चाले काठमाडौंमा प्रदर्शन सुरु गरेको छ । अहिले उपत्यकाका विभिन्न