जनताले २०६४ को भन्दा उचाइको महसुस गरेर प्रचण्ड नै चाहिन्छ भन्न थालेका छनः प्रचण्ड



चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्ट व्यक्तिलाई उर्जामन्त्री बनाइएको बताएका छन् ।

तराई–मधेस जागरण अभियान अन्तर्गत शनिबार चितवनको जगतपुरमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भ्रष्टाचारमा लिप्त व्यक्तिलाई उर्जामन्त्री बनाइएको बताएका हुन् ।

सम्बन्धित क्षेत्रको विज्ञलाई मन्त्री बनाउनुपर्नेमा अहिले त्यसको ठिक उल्टो भएको बताए । उनले भने, ‘मन्त्रीका अनुहारहरू हेर्नुभयो भने, जो सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त छ, उसैलाई ऊर्जामन्त्री दिएको छ । अझै लुट भनेर । अनि काम गर्नेलाई उसले कोपरेको छ ।’

प्रचण्डले करोडौं खर्च गरेर सांसद बन्ने र ती सांसद नै मन्त्री बन्ने प्रणाालीले भ्रष्टाचारको रोग फैलिएकाले निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने बताए ।

उनले भने, ‘वडाध्यक्ष जित्न दुई–तीन करोड, पालिका जित्न पाँच–सात करोड, प्रदेश सदस्य जित्न आठ–१० करोड र संघीय संसद जित्न पनि करोडौं खर्च गर्नुपर्ने निर्वाचन प्रणाली जनमुखी भएन, यसलाई परिवर्तन गर्नुपर्छ ।’

उनले जनताले अबको भरोक्ष्सा माओवादी केन्द्रमात्रै हो भन्ने बुझेको दाबी गरे । प्रचण्डले भने, ‘माओवादीको यो अभियानमा अभूतपूर्व लहर देखिएपछि प्रतिक्रियावादी बुर्जुवा पार्टीहरुमा खैलाबैला मच्चिएको पनि हामीले थाहा पायौं । मधेशवादी दल भन्नेहरु पनि हावाकावा भएको देख्यौं ।’

उनले आफूप्रति जनताको सद्भाव बढेको जिकिर गर्दै २०६४ को भन्दा धेरै उचाइमा महसुस गर्न थालेको बताए ।

उनले भने, ‘जनताले २०६४ को भन्दा उचाइको महसुस गरेर प्रचण्ड नै चाहिन्छ भन्न थालेका छन् । तपाईंहरुले सुन्नुभएकै होला ।’

प्रचण्डले सरकारले भ्रष्टाचारीलाई रक्षा गर्न केन्द्रित भएकाले इतिहास भएकाहरुले टाउको उठाउन खोजेको र चैत १५ गतेसम्म पुग्दा नपुग्दै आफूहरुको प्रतिवादले प्रतिक्रियावादीहरुको प्रयास असफल हुने जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सर्लाहीको लालबन्दीका १९ वटा स्वास्थ्य संस्था बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सर्लाहीको लालबन्दी नगरपालिकास्थित लालबन्दीचोक र नवलपुरचोकमा

विपद्को जोखिम घटाउन पूर्वसूचना प्रणाली अपरिहार्यः उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट पूर्वानुमान र पूर्वसूचना

संविधान संशोधन गर्ने हो भने सबै राजनीतिक दलको सहमति हुन जरुरी छ

काठमाडौँ । राष्ट्रियसभा परिपक्वहरूको सदन हो । संवैधानिक रूपमा प्रतिनिधिसभा र राष्ट्रियसभाको भूमिका

एकीकृत समाजवादीले गणतन्त्र पक्षधरलाई सघाउने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा हुने सबै