ज्ञानेन्द्र शाहीको प्रश्नः पूर्वराजालाई राष्ट्रिय झण्डाले स्वागत गर्दा दलहरुको मुटु–कलेजो हल्लियो भने आन्दोलन नै गरे के होला ?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले अस्तु पनि नभेटिने माक्र्स, लेलिन र माओको कुरा गरेर जनतालाई उल्लु बनाइसकेको टिप्पणी गरेका छन् ।
बिहीबारको प्रतिनिधिसभाको बैठकमा शाहीले राजा फर्किँदैनन् भन्नेहरुले जनतालाई माक्र्स, लेलिन र माओको नाममा उल्लु बनाइरहेको बताएका हुन् । उनले पूर्वराजाको स्वागत गर्दा नै गणतन्त्रवादीको मुटु हल्लिएको बताए ।
उनले भने, ‘स्वागत गर्दा त गणतन्त्रवादीको मुटु हल्लियो, कलेजो थर्कियो, धर्ती फाट्यो, आकाश फुट्यो भने तपाइँहरुको विरुद्ध आन्दोलन गर्नुपर्यो भने हालत के होला ? हाम्रो राजालाई हामी नेपाली जनताले राष्ट्रिय झण्डामा स्वागत गरेको हो । कसैका विरुद्धको आन्दोलनमा होइन ।’