पूर्वराजाले शाही निशान प्रयोग गरेको भन्दै कारबाही गर्न कांग्रेस सांसद खतिवडाको माग



काठमाडौं । नेपाली कांग्रेसले पूर्वराजा ज्ञानेन्द्र शाहले श्री ५ महाराजधिराज र शाही निशान प्रयोग गरेको भन्दै आपत्ति जनाएको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले पूर्वराजाले संविधान मिच्न खोजेको भन्दै उनका क्रियाकलाप बन्द गर्न सरकारसँग माग गरे ।

उनले शाही निशाना २०६५ साल जेठ १७ गते हटाएर त्यहाँ राष्ट्रिय झण्डा राखिएको बताए । उनले भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ६ गते भिडियो सन्देशमा श्रीपाँच महाराजधिराज उल्लेख गरेको र शाही निशाना प्रयोग गरिएको देखियो। यो शाही निशाना २०६५ साल जेठ १७ गते हटाइएर त्यहाँ राष्ट्रिय झण्डा राखिएको थियो। नेपालको संविधानमा श्री ५ महाराजधिराज उल्लेख छैन । यस्तो सन्देश श्री ५ महाराजधिराज र शाही निशान राख्नेप्रति घोर आपत्ति छ ।’

उनले यस्ता क्रियाकलाप तत्काल बन्द गर्न पूर्वराजालाई सुझाव समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजावादीलाई काउन्टर दिन एमालेले देशभर कार्यक्रम गर्ने

काठमाडौँ । नेकपा एमालेले लोकतान्त्रिक गणतन्त्रका पक्षमा जनमत सिर्जना गर्न देशव्यापी सचेतना अभियान

प्रतिनिधिसभाबाट आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल

लोकतान्त्रिक गणतन्त्रमा राजामहाराजा खोज्ने होइनः सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा

राजाबाट नागरिक हुँदा

डा. गोविन्दशरण उपाध्याय । राजा र राजतन्त्र मन पराउनु वा मन नपराउनु फरक