एसइई परीक्षा धैर्यताका साथ दिन विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह(भिडियोसहित)



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परीक्षा (एसइई) धैर्यताका साथ राम्रो तयारीका साथ दिन विद्यार्थीलाई आग्रह गरेका छन् ।

बुधबार साँझ प्रधानमन्त्री ओलीले भिडियो सन्देश जारी गरी भोलिदेखि सञ्चालन हुने एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई धैर्यताका साथ नआत्तिकन, राम्रो तयारी गरेर दिन आग्रह गरेका हुन् ।

‘विद्यार्थी भाइबहिनीहरू यही चैत ७ गतेदेखि एसइईको परीक्षा सुरू हुँदैछ । तपाईंहरू त्यसैको तयारीमा जुट्नु भएको छ’, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, ‘त्यसकारण तपाईंहरूसँग खेर फाल्ने समय छैन । राम्रो अङ्क प्राप्त गरेर सफलतापूर्वक उत्र्तीण हुनुहोस् । मेरो धेरै धेरै शुभकामना छ ।’

प्रधानमन्त्रीले विद्यार्थीलाई अनिँदो, थकित अवस्थामा राम्रो परीक्षा दिन गाह्रो हुने भएकाले त्यसबाट जोगिनसमेत आग्रह गरेका छन् ।

उनले विद्यार्थीले धेरै परीक्षा उत्र्तीण गरेर यहाँ आइसकेको भन्दै परीक्षासँग नतर्सिनु पनि आग्रह गरेका छन् ।

‘पहिले पहिले एसएसलीलाई फलामे ढोका भन्थ्ये । त्यो शब्दले पनि विद्यार्थीमा अलिकति त्रास पैदा हुन्थ्यो । तपाईंहरू परीक्षासँग नतर्सिनुहोस्,’ प्रधानमन्त्रीले भने, ‘परीक्षा जीवनका कदमकदम मोडमोडमा आइरहने चीज हो । धेरै परीक्षा उत्र्तीण गरेर तपाईहरू यहाँ आइसक्नुभएको छ ।’

प्रधानमन्त्री ओलीले अघिल्ला वर्ष एसइईको नतिजा त्यति राम्रो नभएको भन्दै यसपटक आफूले विद्यार्थीसँग राम्रो नतिजाको अपेक्षा गरेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको निर्देशनः निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र निर्वाचन गर्नु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन नसकेका क्याम्पसमा

संविधान र गणतन्त्रमाथि छेडखानी गर्नु गलतः अध्यक्ष प्रचण्ड

निजगढ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान र गणतन्त्रमाथी छेडखानी

आमनागरिकलाई समस्या परेका बेला समाधानको नेतृत्व कांग्रेसले गर्छः महामन्त्री थापा

तनहुँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकमा उत्पन्न असन्तुष्टि र बेचैनीको समाधान

सेनाले भन्यो-संविधानप्रदत्त जिम्मेवारीहरू पूरा गर्न सदैव कटिबद्ध छौं

काठमाडौं । नेपाली सेनाले राजावादीहरूको गतिविधिसँग आफूलाई जोडेर टिकाटिप्पणी गरेको भन्दै आपत्ति जनाएको