शिक्षकहरूका लागि निवृत्तिभरण कोष २०८२ वैशाखबाट लागू हुने



काठमाडौं । शिक्षकहरूको लागि निवृत्तिभरण कोष २०८२ वैशाखबाट लागु हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार सूचनामार्फत यसबारे जानकारी दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार प्रतिनिधिसभामा संशोधन स्वीकार गर्दै ‘सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१’ मा आवश्यक व्यवस्था गर्न सहमति दिएका हुन् ।

जसअनुसार ‘विधेयकको दफा १२ मा रहेको निवृत्तिभरण कोष ऐन, २०७५ को दफा ९ को खण्ड (क) पछि देहायको ‘(क१) शिक्षक सेवा’ थप गर्न प्रस्ताव भएकोमा निवृत्तिभरण कोष ऐन, २०७५ मिति २०७५ ।१२।४ बाट प्रारम्भ भएकोमा विधेयकमा प्रस्तावित व्यवस्थाको भूत प्रभावी असर नहुने सुनिश्चितताको लागि निम्न बमोजिम संशोधन स्वीकार गर्दछु’, भनिएको छ ।

अब निवृत्तिभरण कोष ऐन, २०७५ को दफा ९ (क१) शिक्षक सेवा थप भएको छ भने उक्त खण्ड बमोजिमको व्यवस्था वैशाख १ गतेदेखि प्रारम्भ हुने मन्त्रालयले स्पष्ट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भ्रष्टाचार निर्मूल पार्न माओवादी केन्द्रकै सरकार चाहिन्छः प्रचण्ड

गलकोट । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा केही भएन

शान्तिसुरक्षामा कुनै सम्झौता नगर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षमा कुनै सम्झौता नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका

पुँजी बजार लगानीको रहस्य

-अचुतकुमार ओझा पुँजी बजारमा केही अदृश्य रहस्य रहेका हुन्छन् । यसलाई पहिचान गर्नसक्नु

परराष्ट्रमन्त्री राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी, जाइकाका अध्यक्ष तानाका