‘बूढानीलकण्ठ स्कूलको गुणस्तर खस्कियो भन्दा मलाई दुःख लाग्छ, तपाईंहरु पढेको स्कूलबारे चिन्ता लाग्दैन ?’



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले चेतनाको दियो बन्नुपर्ने विद्यार्थी राजनीतिक दलको गुटको स्वार्थमा लागेर क्याम्पसमा तालाबन्दी गर्ने अवस्था आउनु दुःखद् भएको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा उनले एक सातादेखि एक हजारभन्दा बढी क्याम्पसमा गुटगत राजनीति देखिनु दुःखद् भएको बताएका हुन् । चेतनाको थलो क्याम्पसमा दलका स्वार्थको ताण्डव नृत्य हुनु लज्जाजनक भएको उनको भनाइ थियो ।

‘बूढानीलकण्ठ स्कूलको गुणस्तर खस्कियो भन्दा मलाई दुःख लाग्छ, मैले पनि त्यही विद्यालयमा पढेको हुँ, बेलायतीले बनाइदिएको यो विद्यालयकै जस्तो शैक्षिक गुणस्तर अन्य विद्यालयको पनि बनाइनुपर्नेमा अहिले त्यसको पनि गुणस्तर खस्कन थालेको छ, नेपालमा स्ववियुको संरचना र भूमिका पुनःपरिभाषित गरिनुपर्छ’, उनले भने ।

क्याम्पसलाई पार्टीको खेलौना बनाएर राख्नु नहुने सांसद वाग्लेको विचार थियो । उनले स्वतन्त्र विद्यार्थी युनियनहरूको संरचना र निर्वाचन प्रक्रियामा सुधार गर्नुपर्ने बेला भएको बताए ।

उनले भने, भर्नादर घटेका छन् । प्रविधिमा लगानी छैन । अनुसन्धान ठप्प छ । सोध छैनन् । र, यो पलायनको डरलाग्दो प्रवाह कसरी रोक्ने ? त्यसैले सुधारमा यहाँ अनेकअनेक विषयमा संसदीय समितिहरूको माग हुन्छ । गरौं न एउटा संसदीय समितिको गठन । स्वतन्त्र विद्यार्थी युनियनहरूको संरचना र निर्वाचन प्रक्रियामा सुधार गर्नुपर्ने बेला भएन ? पार्टीहरूको यस्तो दबदबा र हस्तक्षेप नहुने कानुनी प्रबन्ध गरौं । स्ववियुको भूमिका नै पुनर्परिभाषित गर्नुपर्नेछ । यिनीहरू चन्दा असुलीको थलो र आतंकको अखडा होइन, विद्यार्थी कल्याणको एउटा ज्ञानपुञ्ज बनाउने गरी अगाडि जाऔं ।’

उनले विश्वविद्यालयहरूलाई गुणस्तरीय, अनुसन्धानमुखी, नवीन विचारको थलो बनाउने कि पार्टीको खेलौना बनाएर उच्च शिक्षा प्रणालीलाई ध्वस्त बनाउने भन्ने निर्णय गर्ने बेला आएको बताए ।

उनले भने, ‘विश्वविद्यालयको स्वायत्तता बारे पनि हामीले अब फरक ढंगले सघन बहस गर्नुपर्ने बेला आएको छ । विश्वविद्यालयहरूलाई गुणस्तरीय, अनुसन्धानमुखी, नवीन विचारको थलो बनाउने कि पार्टीको खेलौना बनाएर उच्च शिक्षा प्रणालीलाई ध्वस्त बनाउने ? यो यक्ष प्रश्न अब समाजका, नागरिक समाजका अगुवाहरू वा विचारहरू मात्र होइन, यो संसदप्रति पनि तेर्सिएको म मान्दछु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौंमा घर तथा ४ आना जग्गा नदिए यौन शोषणको मुद्धा लगाइदिने भन्दै ठगी गर्ने दुई महिला पक्राउ

काठमाडौं । यौन शोषणको मुद्धा लगाई दिन्छु भन्दै ठगी गर्ने दुई महिलालाई प्रहरीले

दिगो संरक्षणका लागि प्रकृतिमा आधारित समाधानलाई विस्तार गर्नुपर्छः मन्त्री ठकुरी

  काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले दिगो संरक्षणका लागि प्रकृतिमा

अमेरिकाको सान डिएगोमा आवासीय क्षेत्रमा खस्यो विमान (फोटोफिचर)

काठमाडौं । अमेरिकाको सान डिएगोमा बिहीबार एउटा निजी विमान आवासीय क्षेत्रमा खसेर दुर्घटना

ढोरपाटनका मेयरसँग २० लाख धरौटी माग

गण्डकी । जिल्ला अदालत कास्कीले बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई धरौटीमा छोड्न