‘प्रचण्डजी ! नविनतम समझदारीमा आउनुस्, नत्र नेपाली जनताले तपाईंलाई माफी दिने छैनन्’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा वीरेन्द्रको वंशनाश गरेको जवाफ दिएका छन् ।
शुक्रबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले दरबार हत्याकाण्ड पूर्वराजा ज्ञानेन्द्रले गराएको आरोप लगाएपछि शाहीले प्रचण्डलाई यस्तो जवाफ दिएका हुन् ।
उनले भारतमा लुकेर राजनीतिक रूपमा भड्काएर १७ हजार नेपाली निमुखा गरिबका छोराछोरी कसले मार्यो भन्दै प्रचण्डलाई प्रश्न गरेका छन् । शाहीले भनेका छन्, ‘भड्किला झुठा भाषण गर्दै हिँड्यौ भने प्रचण्डजी नेपाली जनताले तपाईंलाई माफी दिने छैनन् । त्यसैले भन्छु नविनतम सम्झौतामा आउनुस् विदेशीको गुलाम जति गर्नुभयो गरिसक्नु भो अब देशका लागि केही काम गर्नुस् ।’
यस्तो छ प्रचण्डलाई ज्ञानबहादुर शाहीको जवाफ
प्रचण्डजी २०५२ सालमा राजा वीरेन्द्रकाविरुद्धमा हतियार कसले उठायो तपाईंले उठायो ? षड्यन्त्र गरेर दरबार हत्या गर्दा सबभन्दा बढी फाइदा कसलाई भो तपाईंलाई भयो ? जनताको सेन्टिमेन्ट कसले प्राप्त गर्यो तपाईंले प्राप्त गर्नु भयो ? राजसंस्थालाई नै फाल्नुपर्छ भनेर विदेशबाट Ak 47 ,LMG,SmG , SLR जस्ता आधुनिक हतियार कसले लियो तपाईँले लिनुभयो ? मोबाइल फोन नभएको समयमा स्याटलाईट फोन युरोपियन युनियनले कसलाई बोक्न दियो तपाईलाई ? भारतमा लुकेर राजनीतिक रूपमा भड्काएर १७ हजार नेपाली निमुखा गरिबका छोराछोरी कसले मार्यो तपाईँले मार्यो ? निहत्या नागरिकलाई बाटोबाटोमा बम थाप्दै कसले हत्या गर्यो ? तपाईंले गर्यो । विदेशीको इशारामा मन्दिरका, गुम्बाका पुजारी, लामालाई कसले घाँटी रेट्यो ? तपाईँले रेटयो । ३३ किलो सुन तस्कर कसले गर्यो ? तपाईंले गर्यो । क्यान्टोनमेन्ट घोटाला कसले गर्यो ? तपाईंले गर्यो । सिधा भाषामा भन्दा विदेशीको इसारामा प्रचण्डजी तपाईं र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्यौ । तर यस्तै भड्किला झुठा भाषण गर्दै हिँड्यौ भने प्रचण्डजी नेपाली जनताले तपाईंलाई माफी दिने छैनन् । त्यसैले भन्छु नविनतम सम्झौतामा आउनुस् विदेशीको गुलाम जति गर्नुभयो गरिसक्नु भो अब देशका लागि केही काम गर्नुस् ।’
दरबार हत्याकाण्डको ‘प्लानर’ को हो ? नेपाली जनतालाई थाहा छः प्रचण्ड