किन चाहियो पूर्वविशिष्टलाई आजीवन सुविधा ?
काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले पूर्वविशिष्टलाई आजीवन सुविधा आवश्यक नभएको बताएका छन् ।
पूर्व विशिष्टलाई आजीवन सेवा सुविधा दिने गरी सरकारले कानुन निर्माण गर्ने तयारी गरेको खबर सार्वजनिक भएपछि खतिवडाले शुक्रबार सामाजिक संजालमार्फत यस्तो बताएका हुन् ।
उनले राजनीतिक नेतृत्व भन्दामाथि जनतालाई राखेर काम गर्न सरकारलाई सुझाव दिएका छन् ।
उनले भनेका छन्, ‘पूर्वविशिष्टलाई आजीवन सुविधा ? यो बेमौसमी बाजा बजाई राम्रो हुन्न । सरकार राम्रो काम गर । यस्ता कार्य वन्द गर । राजनीतिक नेतृत्व भन्दा जनतालाई माथि राख । पूर्वविशिष्टलाई आजीवन सुविधा आवश्यक छैन।’