राजावादीको जुलुस ठूलो घटना घटाउने कुचेष्टा भएको समाजवादी मोर्चाको ठहर



काठमाडौँ । समाजवादी मोर्चा नेपालले पछिल्लो विकासित राजनीतिक घटनाक्रमबारे नागरिक समाज, बुद्धिजीवी, विभिन्न पेसामा आबद्ध व्यक्तित्वसँग बृहत् अन्तरक्रिया गर्ने भएको छ ।

आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा मंगलबार बसेको मोर्चाको बैठकले प्रतिगामी शक्तिविरुद्ध कसरी एकताबद्ध भएर अगाडि बढ्न सकिन्छ भन्नेबारे सुझाव सङ्कलन गर्न आगामी चैत १ गते अन्तक्र्रिया गर्ने निर्णय गरेको नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सबै परिवर्तनकारी लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने विषयमा छलफल गरिएको र बैठकमा गणतन्त्रात्मक व्यवस्थालाई थप समुन्नत र सुदृढ गर्ने विषयमा समीक्षा गरिएको उनले बताए ।

बैठकमा यही फागुन २५ गते राजावादीहरूले गरेको प्रदर्शन, पार्टीका गतिविधिहरूबारे छलफल गरिएको र मोर्चाले निर्माण गर्ने कार्ययोजना चैत १ गते पत्रकार सम्मेलनमार्फत जानकारी दिनेसमेत निर्णय गरिएको छ ।

मोर्चाले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्न जनपरिचालन कार्ययोजनामा तथा समसामयिक राजनीति तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिबारे समीक्षा गरेको पनि नेता विश्वकर्माले जानकारी दिए ।

बैठकले आगामी चैत १५ गते काठमाडौँमा गणतन्त्र रक्षाका लागि विशाल प्रदर्शन तथा आमसभा गर्ने निर्णयसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
परिवारबाटै यौन दुव्र्यवहारमा परेकी बालिकालाई आमाको जिम्मा नलगाउन उच्च अदालतको आदेश

काठमाडौँ । उच्च अदालत पाटनले निवेदकको मागबमोजिम छोरीलाई जैविक आमाको जिम्मा लगाउनु पर्ने

‘राजतन्त्रवादीहरुलाई विदेशीहरुले दिइरहेको टेको पुडोको भण्डाफोर गरौं’

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले कुनै स्वदेशी, विदेशी षडयन्त्र र प्रपञ्चबाट गणतन्त्रलाई कसैले

त्रिवि पदाधिकारीको अफिस तोडफोड गर्ने नेविसंघका कार्यकर्तालाई किन हुँदैन ?

-सुमना श्रेष्ठ । म शिक्षाका चार विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीबाट जवाफ चाहन्छु ।

समयमा काम नगर्ने नौ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले नौवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।