उग्रराष्ट्रवादी र लोकरिझ्याँइको राजनीति गर्नेभन्दा कार्नीजस्तै बौद्धिक र अनुभवी नेता आवश्यक
नारायण गाउँले ।
सोच्नुस् त, विश्वकै सबैभन्दा शक्तिशाली देशले तपाईंको अस्तित्व र स्वतन्त्रतामाथि नै आक्रमणको धम्की दिएको बेला त्यो देशको प्रधानमन्त्री बन्नु कति ठूलो जिम्मेबारी होला ? विश्वप्रसिद्ध हार्वर्ड र अक्सपÞmोर्ड विश्वविद्यालयबाट अध्ययन गरेका र विश्वका ठूलाठूला ब्याङ्कदेखि ’एस्सेट म्यानेजिंग’ कम्पनीमा काम गरेका अर्थविद् मार्क कार्नी क्यानडाका नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । कार्नीसँग बेलायत, आयरल्याण्ड र क्यानडा गरी तीन देशको नागरिकता छ ।
उनले लामो समय विश्वकै प्रमुखमध्ये एक मानिने बेलायतको राष्ट्रिय ब्याङ्कमा गभर्नर भएर काम गरेका थिए । त्यसअघि उनले ब्याङ्क अफ क्यानडाको गभर्नर भएर विश्वव्यापी आर्थिक मन्दीताका महत्त्वपूर्ण नीतिगत कौशलता देखाएकै कारण उनलाई ब्याङ्क अफ इङ्गल्याण्डको गभर्निंग जिम्मेवारी दिइएको थियो । स्वतन्त्र रूपमा देशको महत्त्वपूर्ण आर्थिक नीति तय गर्ने संस्थामा ’मेरिट’ हेरिने हुनाले नै उनले त्यो जागीर पाएका थिए । ब्रेग्जिटदेखि अस्तिको कोभिड़ क्राइसिसबाट बेलायतको अर्थतन्त्र जोगाउन उनले महत्त्वपूर्ण नीतिगत भूमिका निभाए ।
उनी क्यानडाको इतिहासकै सर्वाधिक कठीन समयमा प्रधानमन्त्री बन्नेछन् । यसअघि कहिल्यै कल्पना पनि नगरिएको स्तरमा देशको सार्वभौमिकता र अस्तित्व नै सङ्कटमा देखिन्छ । उसो त विश्व आर्थिक मन्दी होस् या कोभिड़, उनले खाएका हरेक जागीर यस्तै सङ्कटकालका छन् । ट्रम्पको आक्रामक, शत्रुवत् र विस्तारवादी नीतिले गर्दा देशको अर्थतन्त्रदेखि सीमासम्म असुरक्षित देखिन्छ । हिजोसम्म सबैभन्दा नजिकको सम्बन्ध रहेको अमेरिका आज देश नै निल्ने धम्की दिइरहेछ । कर र निषेध मापÞर्mत् व्यापार नै ठप्प पारेर, जनतालाई महँगी र कठिनाइसँग थकाएर आफ्नो देशको एक प्रान्त बन्न वाध्य गराउने घोषित रणनीति नै छ ।
यस्तोमा उग्रराष्ट्रवादी र लोकरिझ्याँइको राजनीति गर्नेभन्दा कार्नीजस्तै बौद्धिक, अनुभवी र योग्य व्यक्ति नै देशको नेता बन्दा त्यहाँका नागरिकलाई फाइदा होला । बाँकी कुरा त भविष्यको गर्भमैँ होला !