वैदेशिक अध्ययनका नाममा सात महिनामा बाहिरियो ६४ अर्ब १५ करोड
काठमाडौं । उच्च शिक्षाका नाममा सात महिनामा नेपालबाट ६४ अर्ब १५ करोड रूपैयाँ बाहिरिएको छ ।
नेपाल राष्ट्र बैंककाअनुसार चालु आर्थिक वर्षको सात महिना (साउनदेखि माघसम्म) नेपाली विद्यार्थीमार्फत उच्च शिक्षा अध्ययनका नाममा ६४ अर्ब १५ करोड रूपैयाँ बाहिरिएको छ ।
गत वर्षको सोही अवधिमा ६६ अर्ब ६४ करोड रूपैयाँ उच्च शिक्षाका लागि बाहिरिएको थियो ।