राजावादीप्रति प्रधानमन्त्रीको कटाक्षः एउटा जुलुस निकाल्न विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौँ



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको बाटोमा लाग्न गैरसरकारी संस्थाहरुलाई आग्रह गरेका छन् ।

गैरसरकारी संस्था महासङ्घको ११औँ महाधिवेशन तथा नागरिक सम्मेलनको सोमबार काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने स्थिति भए पनि उर्वर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए ।

उनले सामाजिक संस्थाले असफलताको मात्र नभई सफलता, आशा र उपलब्धिको चर्चा गर्न सुझाव दिँदै विकासको प्रयासमा कुनै प्रकारको अवरोध सृजना हुन नदिने स्पष्ट पारे ।

राजतन्त्र पक्षधरको आइतबारको कार्यक्रमको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘एउटा जुलुस निकाल्नुपर्यो भने विदेशीको तस्बिर राख्नुपर्ने नाजुक अवस्थामा हामी छैनौँ । अलोकतान्त्रिक, प्रणाली विरोधी र असंवैधानिक कुरामा लाग्ने हामीलाई फुर्सद छैन । हामी हरेक दिन एक कदम अगाडि भन्ने सोचका साथ समृद्ध नेपालको यात्रामा छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वैदेशिक अध्ययनका नाममा सात महिनामा बाहिरियो ६४ अर्ब १५ करोड

काठमाडौं । उच्च शिक्षाका नाममा सात महिनामा नेपालबाट ६४ अर्ब १५ करोड रूपैयाँ

मुलुकमा १७ महिनाको वस्तु आयात धान्ने विदेशी विनिमय सञ्चिती

काठमाडौं । मुलुकमा सात महिनामा विदेशी विनिमय सञ्चिती १६.१ प्रतिशतले बढेको छ ।

प्रचण्डले भोलि संसदमा सम्धोधन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार बस्ने प्रतिनिधिसभा बैठकमा

मुकुल ढकालको जिकिरः रवि दाइले भित्रिरूपमा देउवा र ओलीसँग सम्झौता गरिसक्नुभो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकालले रास्वपा सभापति रवि लामिछानेले