‘गणतन्त्र ल्याउनुपर्छ भन्दा बयलगाढा चढेर अमेरिका पुगिन्न भन्नेहरु सत्ताको बागडोरमा हुँदा राजतन्त्रको भूतप्रेत सल्बलाउने कुरा संयोग हो ?’



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद सुरेश आले मगरले राजावादीको सल्बलाहट संयोग मात्र नभएको बताएका छन् ।

आइतबारको राष्ट्रियसभाको बैठकमा सांसद मगरले नेपाली जनताले राजतन्त्र झेलिसकेकाले फेरि नेपालमा राजतन्त्र आउने कुरा सम्भव नरहेको बताएका हुन् । उनले भने, ‘राजतन्त्र झेलिसकेको व्यवस्था हो, गणतन्त्रका कमीकमजोरी होलान् । गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन । यसको सट्टामा राजतन्त्र ल्याएर विकास र समृद्धि आउँदैन ।’

उनले विगतमा सेरेमोनियल र बेबी किङको पक्षमा रहेकाहरू सत्ताको नेतृत्वमा रहेका बेला राजावादीको भूत सल्बलाउनुमा केही आशंका उब्जिएको बताए ।

उनको प्रश्न थियो, ‘माओवादीले गणतन्त्र ल्याउने कुरा गर्दा खिसिट्युरी गर्ने, बेबी र सेरेमोनिल किङको कुरा गर्ने, गणतन्त्र ल्याउनुपर्छ भन्दा बयलगाढा चढेर अमेरिका पुगिन्न भनेर खिसिट्युरी गर्नेहरू राज्यसत्ताको बागडोरमा भएका बेला राजतन्त्रको भूतप्रेत सल्बलाउने कुरा फगत संयोग हो ?’

बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने भन्दै जनआन्दोलनको बलमा स्थापित वर्तमान व्यवस्थालाई सबल तुल्याउन आवश्यक भएको बताए ।

उनले केही व्यक्तिले राजालाई डोर्याएर नारायणहिटी लैजाने भनेर अभिव्यक्ति दिइरहेकामा आपत्ति जनाउँदै यस्ता गतिविधिप्रति सजग हुन सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरले राप्रपालाई गर्यो एक लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ

‘सडकमा अहिलेका गतिविधि राजगद्दीमा बसाल्ने ध्येयले पूर्वराजालाई फर्काउने अभियान हो भने त्यो आपत्तिजनक छ’

  काठमाडौँ । सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरुले नेपालमा राजतन्त्रको

ओलीको प्रश्नः पूर्वराजालाई लगेर नारायणहिटी छिराउने भन्ने हल्ला चलाइएको छ, कुनै कुर्सीमा लगेर राख्दैमा कोही शासक हुन्छ ?

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको नभई जनताबाट

काठमाडौंको गोकर्णेश्वरमा एक महिलाको हत्या, नाबालकसहित पाँच जना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा महिलाको हत्या गरी बोरामा प्याक गरेर शव फालिएको घटनामा