हाम्रो नारीवाद !



डा. गोविन्दशरण उपाध्याय ।

मेरो लागि मेरी आमा र पत्नीनै नारी दिवसका सर्वोत्तम आदर्श हुन् । आमाका कारण म, मेरा भाईवहिनी अस्तित्वमा छौँ । हाम्रा बा हाम्री आमाका कारण नै ‘बा’ बन्नुभएको हो । बाले आमाको सम्मान गर्नुभयो आमाका लागि ‘बा’ भन्दा महत्वपूर्ण कुनै वस्तु वा व्यक्ति रहेन । बाआमाका मिलेर हामीलाई हुर्काउनु भयो । बा चांडै जानुभयो । आमा नै हाम्रो लागि ‘बा’ हुनुभयो । उहाँले हामीहरूलाई टुहुरो बनाएर अर्को लोग्ने खोज्नु भएन । उहाँले ‘हाम्रो लागि’ आफ्नो अधिकार प्रयोग गर्नु भएन । उहाँले आफ्नो अधिकार प्रयोग गरेको भए हामी टुहुरा हुन्थ्यौं । त्यागले कर्तव्य खोज्छ । अधिकारले स्वार्थ रोज्छ ।

श्रीमतीले मलाई ‘पूर्ण नागरिक’ बनाइन् । मलाई ‘परिवार’को अंग बन्ने अवसर प्रदान गरिन् । मेरो भौतिक, मानसिक तथा आध्यात्मिक अस्तित्वलाई प्रमाणित गरिन् । उनले निर्माण गर्न खोजेको परिवारमा मैले सघाएँ र हाम्रो परिवार बन्यो । उनको अधिकारले ‘विद्रोह’ जानेन । मैले पनि कर्तव्यको सीमा नाघ्ने आँट गरिन किनभने मेरो लागि उनको अधिकारको मूल्य छ । उनी नहुँदा घर ‘भूतघर’ हुन्छन् । छोराछोरी र छिमेकीका लागि म केवल ‘नून नभएको तिहुन’ हुन्छु । उनी छन् र मभित्र ‘नून’ छ । उनी छन् र हाम्रो घर छ ।

नेपाली नारीवादीहरूले ‘डिभोर्स’लाई महिला आत्मनिर्भरताको ‘इन्डीकेसन’ रूपमा परिभाषित गर्दैछन् । चरमअत्याचार सहेर संगै बस्नुको कुनै औचित्य छैन । तर लोग्नेस्वास्नीका बीचमा स–सानो बेमेल (बैचारिक वा कार्यशैलीमा असहमति हुँदैमा) डिभोर्स दिने र त्यसलाई “महिला अधिकारका रुपमा महिमा मण्डित गर्नु अधिकारका हिसावले सही होला कर्तव्यका दृष्टिकोणले स्वागतयोग्य होइन । विश्व डिभोर्स डाटाका अनुसार पहिलो डिभोर्स माग्नेहरूमा ७७% महिला छन् । डिभोर्सले गर्दा ७८% बालबालिकाहरू आफ्ना मातापिताको मायाबाट बन्चित हुन्छन् र सबैभन्दा डरलाग्दो तत्थ्य डिभोर्सका कारण हेरचाह नपाएर ६% बालबालिकाले आत्महत्या गर्छन् । १७% बालबालिकाको पढाई विग्रन्छ । १९% बालबालिकाहरू सडकमा आउँछन् । ४७% बालबालिकाहरू दुव्र्यसनमा पर्छन् ।

नारीवाद, पितृसत्तात्मकजस्ता शब्दको आडम्वर र अधिकारका नाममा भत्किंदा परिवार, टुहुरा हुँदा बालबालिका र बृद्ध आमाका लागि वृद्धाश्रम खोज्ने क्रान्तिकारी परिवर्तन हाम्रो परिवारको ‘भाग्य’ नबनोस् । नारीवाद पुरुषहरू विरुद्ध घृणावादमा रुपान्तरित नहोस् । नारीवाद पुरुष लिंगका अत्याचार गर्ने ‘नारीसत्तात्मक सामाजिक संरचना’को बाटो नबनोस् । अधिकारप्रतिका लागि पुरुषहरू विरुद्ध उठाउने ‘मुड्कीवाद’ व्यक्तिगत रूपमा प्राकृतिक महिला, तिनको परिवार र समाजका लागि नारीशक्तिको “मोडेल“ नहोस् ।

नारीहरूले अमेरिका, रुस, जर्मनी अन्ततः १९७७ (ग्ल्) ले घोषणा गर्वपछि मात्र ‘अधिकार’ प्राप्त गरेका हुन् भन्ने मान्यता मेरी आमालाई मान्य छैन । पश्चिमाले आरम्भ नगरी के कुनै ‘अधिकार’को स्थापना हुनै सक्दैन त ? पश्चिमाहरूले अधिकारका लागि विद्रोह र घृणावादलाई मलजल गरे तर नारीअधिकारको निरन्तरता पौरस्त्य समाजमा पनि थियो र छ जसले अधिकार र कर्तव्य दूवैको समानतहमा पालन गर्छ । वैदिक समाजमा कुनै पनि धार्मिक, सांस्कृतिक तथा सामाजिक कार्य गर्न पर्यो भने पुरुषले महिलालाई अनिवार्य रूपमा संगै राख्नुपर्छ र महिलाले पुरुषलाई । यो अधिकार र कर्तव्यको सन्तुलनलाई ‘अर्धांगिनी’ भनिन्छ । मेरो बाले आमालाई र आमाले बालाई कहिल्यै पनि निर्णयमात्र होइन धार्मिक, सांस्कृतिक सहभागितामा एक्लै छोड्नु भएन । मिल्ने काम एक्लाएक्लै गरे, मिल्दै नमिल्ने काम सहमति र संगै गरे । उनीहरूकै सिको गरेर “हामीले पनि त्यही गरिरहेका छौँ ।

‘नारी अधिकार सम्पन्न हुनुपर्छ’ यो सिद्धान्त पश्चिमाहरूले मात्र अगाडी बढाएका हुन् भन्ने ‘माइन्ड–सेट’ सबैभन्दा पूर्वाग्रही छ । वैदिक संस्कृतिमा मात्र होइन फरकफरक तवरले विश्वका हरेक धर्म, संस्कृति तथा परम्परामा उपरोक्त सिद्धान्तमा आधारित व्यबहार प्राप्तिको लागि अनेकौं प्रयास भएका र सफल पनि भएका छन् । पितृसत्तात्मक समाज र पुरुषसंग विद्रोह गरेर मात्र नारीवादले पूर्णता प्राप्त गर्न सक्छ भन्ने माइन्ड–सेट अनुसार सक्रिय ‘अभियन्ता’हरूको आफ्नै घरपरिवार भताभुंग हुने सन् १९२३ को अस्ट्रेलियाको अनुसन्धानले इन्डिकेट गरेको छ । सम्पूर्ण अभियन्ताहरू आरोपित गर्नु हुँदैन तर पुरुष–लिंगप्रति पूर्वाग्रह राखेर नारीवादको अभियानमा लाग्नेहरू व्यक्तिगतरुपमा सबैभन्दा दुःखी ‘अभियन्ता’ हुन् भन्ने तत्थ्यमा शङ्का छैन । हाम्री आमाको अभियान ‘परिवारवादी नारीवाद हो, जहाँ महिलाले पूर्णता प्राप्त गरूँन् । एउटी मायालु, सहयोगी, पारिवारिक अधिकारवादी अभियन्ता भन्दा सुखी संसारमा अर्को हुनै सक्दैन ।

हरेक हरेक नारीहरू अधिकार र सम्मानले युक्त हुनैपर्छ । नारीलाई पूर्णसम्मानको प्रत्याभूति दिनु व्यक्ति र राज्य दूवैको कर्तव्य हो । सह्रिद्दयी नारीवादको तुलनामा घृणावादी नारीवाद बलियो हुनु राम्रो होइन । नारीअधिकारका लागि आफ्नो परिवार, समाज, धार्मिक, संस्कृतिक, राजनैतिक दायित्वहरूप्रति घृणा र तीप्रति अनुचित विद्रोह उचित होइन । यदि अधिकार प्राप्त गर्ने विद्रोहमा आफ्नो घर, परिवार, इष्टमित्र, आमावुवाहरूसंग विछोड हुन्छ र परिवार भताभुंग हुन्छ भने यस्तो नारीवादी विद्रोहका विषयमा पुनर्विचार गर्नुपर्छ । नारीवादले परिवार र सामाजलाई जोड्नुपर्छ तोड्नु हुँदैन । बडो खेद पूर्वक भन्नुपर्छ कि मिडियामा ‘नारीअधिकारवादी, स्वतन्त्र विचार भएका, विद्रोही नेतृत्वहरूको आफ्नै घर बिग्रेको देखिन्छ । आफ्नै विग्रेकाले अर्काको सुधार्लान् भन्ने आशा कम गरे हुन्छ । रामायणको एउटा सूत्र छ ‘नारी मुई भय सम्पति नाशी, मूड मुड़ाय भय सन्यासी !

विश्वमा महिला अधिकारवादका फरकफरक रूप छन् । नेपाल पनि नहुने कुरै भएन । पुरुषप्रति चरम घृणाव्यक्त गर्ने, परम्परागत धर्म, संस्कार तथा मान्यताहरूको धज्जी उडाउने, उद्दण्ड स्वतन्त्रताको पक्ष पोषण गर्ने र आफ्नै आमावुवा वा सासुससुरालाई नारीवादीको सबैभन्दा ठुला शत्रुका रूपमा व्यक्त गर्ने, परम्परागत विवाह तथा परिवादवाद प्रति सधैं विष बमन गर्दै ‘पितृसत्तात्मक’ समाजका विरुद्ध सरल महिलाहरूमा घृणा गर्ने र परिवारसंग मिलेर बस्न नसकेर ‘एकल जीवन’ अंगालेका नारीवादीहरू मिडियाका प्यारा हुन्छन् तर आफ्नो परिवारसंग प्राकृतिक रूपमा रमाउने र कर्तव्यका रूपमा सहृदयी जीवनमा रम्ने हाम्री आमाहरू मिडियाका दृष्टिकोणमा नारीवादी हुनै सक्दैनन् । मातृशक्तिको लागि अधिकारप्रति भन्दा पनि पुरुष र परम्परागत समाजको कठोर आलोचकहरूको नारीवाद मिडियामा बिक्छ । सत्य पचाउन गाह्रो हुन्छ तर घृणावादलाई आधार बनाएर नारीवादको वकालत गर्नेअरूको व्यक्तिगत जीवन संवेदनहीन, एकलकाटे र फिल्मको पर्दामा देखिने रोमान्सका सीनहरूझैं हुन्छ – अनुसन्धानले यस्तै भन्छ ।

विश्वका सम्पूर्ण नारी शक्तिहरूलाई मनन । पुरुष होस् वा नारी कसैका कारण पनि ‘परिवार विखण्डित’ नहोस् । अधिकार र कर्तव्यका विचमा ‘घृणावाद’को प्रवेश नहोस् । विद्रोही होइन सहृदयी नारीवाद अगाडी बढोस् । कुनै पनि महिला ‘महिला’ भएकै नाताले कुनै पनि प्रकारको विभेदबाट पिडित हुनु नपरोस् भने नारीवाद पनि घृणावादमा रुपान्तरित भएर पुरुषहरू हिंसामा पर्न नपरोस् ।

नमस्ते मातृशक्ति, नारी शक्ति ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
ढुक्क रहनुस्, अहिलेको गठबन्धन २०८४ सम्म कायम हुन्छः सभापति देउवा

  सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा दलहरूबीच

हिमालय पर्वत श्रृङ्खलामा बेलबेलामा गइरहने भूकम्प नेपालको विकासका लागि समस्याः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको कारक नभएर पनि मार खेप्नुपर्ने नेपालजस्ता

कुलमानको नम्बर जीरो आउने थिएन, तिमीहरु राजा नबनेको भए !

कसैले पनि राजा बन्छु म, भन्ने थिएन तिमीहरु राजा नबेको भए ! ‘चोर,

संसदमा गाँजाखेतीसम्बन्धी सङ्कल्प प्रस्ताव लैजाँदैछु

काठमाडौँ । राष्ट्रियसभाको सदस्य भएको एक वर्ष भयो । जनताको पक्षमा काम गर्नका