रौतहटको गरुडा बजारका सबै निजी अस्पताल अवैध



रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।

बिहीबार रौतहटको गरुडा बजारमा सञ्चालित १० वटा अस्पतालको अनुगमनका क्रममा सबै अस्पतालमा कागजपत्र नभेटिएपछि बन्द गर्न निर्देशन दिएका हुन् । गरुडाका १० वटै अस्पताल मापदण्ड विपरीत सञ्चालन गरेको भेटिएको मुख्यमन्त्री सिंहले बताए ।
मुख्यमन्त्री सिंहसहितको अनुगमन टोलीले गरुडा–५ शिवनगरमा रहेको आन्नद अस्पताल तथा अकुपञ्चर सेन्टर प्रालि, गरुडा सिटी अस्पताल प्रालि, अनामिका अस्पताल प्रालि, नेत्र ज्योति आइ अस्पताल, गौर आँखा अस्पताल, गरुडा अस्पताल, रोम अस्पताल प्रालि, होप अस्पताल प्रालि, सनसिटी अस्पताल र सरस्वती अस्पताल प्रालिको अनुगमन गरेको अनुगमन समितिका सदस्य सचिव तथा जनस्वस्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिए ।

अनुगमन गरेका सबै अस्पताल अवैध रहेको ठाकुरले जानकारी दिए । शिवनगरमा रहेको आन्नद अस्पताल तथा अकुपञ्चर सेन्टर प्रालिले गरुडा नगरपालिकाबाट २५ शय्याको अनुमति लिएर ५० शय्या सञ्चालन गरेको उनले जानकारी दिए । नगरपालिकाबाट १५ शय्याको मात्रै अनुमति दिने व्यवस्था छ ।

गत शनिबार पनि मुख्यमन्त्रीसहितको अनुगमन टोलीले चन्द्रनिगाहपुरको ११ वटा अस्पतालको अनुगमन गरेको थियो । जसमा १० वटा अस्पतालले अनुमति नलिएको भेटिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एउटा चक्काविनै काठमाडौं आइपुग्यो जनकपुरबाट बुद्ध एयरको जहाज

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ ।

पूँजीवादी कार्लमार्क्स

-डा. गोविन्दशरण उपाध्याय । कार्लमार्क्सको चिन्तनले विश्वको परम्परागत चिन्तन र व्यबहारलाई धेरै प्रभावित

उर्जा मन्त्रालयले फेरि सोध्यो कुलमानलाई स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई चार बुँदे स्पष्टीकरण

राष्ट्रियसभाबाट पनि पाँच अध्यादेश स्वीकृत

काठमाडौं । राष्ट्रिय सभाबाट पनि पाँच वटा अध्यादेश स्वीकृत भएका छन् । बिहीबारको