पूँजीवादी कार्लमार्क्स



-डा. गोविन्दशरण उपाध्याय ।

कार्लमार्क्सको चिन्तनले विश्वको परम्परागत चिन्तन र व्यबहारलाई धेरै प्रभावित परेको छ तर उनी अर्थशास्त्री हुन् दार्शनिक होइनन् । यसको प्रमाण उनको ‘पूँजी’नामक पुस्तक हो । सत्य अर्थमा, उनले लेखेको ‘पूँजी’ले राजनीति, समाजशास्त्र, विज्ञान, धर्म, संस्कृति तथा दर्शनशास्त्रमा प्रभाव पारेको छ । द्वन्दात्मक भौतिकवाद ‘पूँजी’दर्शनको एउटा सानो अंशमात्र हो ।
राजनैतिक मार्क्सवाद  अब्राहमिक एकेश्वरवादझैं कठोर छ । समाजमा विद्यमान राजनैतिक, धार्मिक, सामाजिक, सांस्कृतिक तथा मौलिकताहरूलाई निराकरण गरेरमात्र पूर्णसमाजवाद प्राप्त हुन्छ । उपर्युक्त सबै विविधता रहेसम्म पूर्णसमाजवाद प्राप्त नहुने हुँदा विश्वभरीका मजदुरहरूले जस्तोसुकै विद्रोह गरेर भए पनि विविधतालाई समाप्त पार्नुपर्छ । पूँजीको समानता वितरणका प्रमुख शत्रुको विनाश नै पूर्ण समाजवादको प्राप्ति हो । सैद्धान्तिकरुपमा पूर्णसमाजवादी व्यबस्था अब्राहमिक एकेश्वरवादको राजनैतिक रूपान्तरण हो ।

धर्म, संस्कृति तथा विविधताका सवालमा ‘पूँजी’ निकै अनुदार रहेछ । अब्राहमिक आस्थाले विविधताको अस्तित्वलाई अस्वीकार गर्दै आफुमात्रै निर्विकल्प भएको घोषणा गरेझैं ‘पूँजी’ले पनि आफु निर्विकल्प भएको घोषणा गर्छ । माक्र्सवादको विविधता अस्तित्वलाई अस्वीकार गर्ने राजनैतिक प्रवृत्तिमा विश्वभरीनै परिवर्तन आएको छ तर माक्र्सवादले कल्पना गरेको ‘पूँजी’को वितरण आंशिकरुपमा मात्र सफल भएको छ । ‘पूँजी’ अझैं व्यक्तिहरूको पेवा बन्दैछ तर यसको अर्थ हो ‘अर्थको स्वभाव’ पूँजीले भनेजस्तो रहेनछ ।

मैले दोहोर्याएर भन्छु, मार्क्सवादले विश्वको जनजीवनमा ठूलो प्रभाव पारेको छ । युद्ध गरेर ‘पूँजी’ खोस्ने अवधारणा ठ्याकै इसाईको क्रुसेड र मुस्लिमको ‘जिहाद’को राजनैतिक प्रतिलिपि हो जसका कारण ‘पूर्णसमाजवाद प्राप्तिका नाममा’ असंख्य युद्धको लागि (विद्रोह) मान्छेहरूलाई उकास्छ । संसाधन प्राप्त गर्न युद्ध लड्ने मान्छेको प्रकृतिक स्वभाव (Apt) हो तर कार्लमाक्र्सको विद्रोही राजनैतिक चिन्तनले पूँजीपतिसंग पूँजी खोस्न उक्साएर युद्धको असीमित बाटो खनेको छ । संसारबाट पूँजी र पुँजीपतिको अन्त्य नभएसम्म कार्लमाक्र्सको विद्रोह चलिनैरहन्छ कि कार्लमाक्र्सको ‘पूर्णसमाजवाद’को सम्भावनाको अन्त्य हुन्छ : समय कुर्नु पर्ने हुन्छ ।

माक्र्सवादी चिन्तनको सार र लक्ष ‘पूँजी’ र ‘पूँजी’को उचित व्यबस्थापन हो । यही व्यबस्थापनको वृहद् म्याप माक्र्सको दस क्यापिटल हो । माक्र्सलाई ‘पूँजी’–दार्शनिक’का रूपमा चिन्नु सबैभन्दा बढी सम्मान होला । अर्को रमाइलो कुरा ‘केकानै पढ्छु भनेर पूँजी किनेर ल्याएँ र पढेपछि माक्र्सवादी पुस्तकालयमा दान गरे । ‘पूँजी’ दान दिएँ । किनभने आजको पुस्ता घुमाउरो र वाक्क लाग्ने शास्त्रीय वहस पढ्न चाहन्न ।

–अन्त्यमा, मेरो शीर्षकसँग धेरै माक्र्सवादी असहमत हुने छन् । धेरैलाई माक्र्स अर्थ दार्शनिक हुन्, दार्शनिक हुन् भन्ने कुरासंग पनि असमति हुने छ र सधै माक्र्सलाई अब्राह्मिक एकेश्वरवाद तथा कुसेड–जिहादसंग तुलना गरेको पनि मन पर्ने छैन तर कार्लमाक्र्सले ‘पूँजी’ लेखेर ‘पूँजीवाद’को स्थापना गरेका हुन् तर दुर्भाग्यववस उनको चिन्तनलाई ‘मार्क्सवाद’ भनियो । कुनै पनि पूँजीपति वा सामन्तवादीले ‘पूँजी’ लेखेको होइन । राजनीतिमा कुनै पनि वाद नयाँ र पुरानो हुँदैन, अहिलेको विश्वले माक्र्सवाद अस्वीकार गरेको छ तर भविष्यमा माक्र्सको ‘पूँजीवाद’ फर्कन्न भन्न सकिन्न । नेपालमा आजको मितिमा मार्क्सवादले काँचुली फेरेर ‘लोकतान्त्रिक गणतन्त्र’ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रौतहटको गरुडा बजारका सबै निजी अस्पताल बन्द अवैध

रौतहट । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध रुपमा सञ्चालन भइरहेका अस्पताल

एउटा चक्काविनै काठमाडौं आइपुग्यो जनकपुरबाट बुद्ध एयरको जहाज

काठमाडौं । जनकपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाजको चक्का खसेको छ ।

उर्जा मन्त्रालयले फेरि सोध्यो कुलमानलाई स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई चार बुँदे स्पष्टीकरण

राष्ट्रियसभाबाट पनि पाँच अध्यादेश स्वीकृत

काठमाडौं । राष्ट्रिय सभाबाट पनि पाँच वटा अध्यादेश स्वीकृत भएका छन् । बिहीबारको